आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

कुवेतमा तनहुँका सरद परियारको कार्यस्थलमै मृत्यु

परदेशी खबर २१ आश्विन २०७८, बिहीबार ०१:१९ मा प्रकाशित ( २ साल अघि) ५३३ पाठक संख्या

कुवेत /कुवेतमा तनहुँको भिमाद नगरपालिका रिसिङपाटन घर भएका सरद परियारको आइतबार (अक्टोबर ३ तारिख) कार्यस्थलमै मृत्यु भएको छ ।

कुवेतको केआरएच कम्पनी मार्फत सेक्युरिटीको काम गर्दै आएका परियारको आइतबार बिहान ४ बजे कार्यस्थलमै मृत्यु भएको मृतकका भान्जा गोबिन्द सुनामले जानकारी दिए ।

कोठाबाट स-कुशल काम गर्न कार्यस्थल निस्केका परियार कम्पनीमा पुगेपछि अचानक ढलेका थिए । त्यसलगत्तै उनको मृत्यु भएको सहकर्मीहरुले बताए ।सुनामका अनुसार उनी रक्तचापबाट पिडित थिए । उनको हृदयघातका कारण ज्यान गएको अस्पताल श्रोतले पुष्टि गरेको छ ।

मृतकको शव आवश्यक कानुनी प्रक्रिया पुरा गरेर बुधबार (आज) बेलुका कतार एयरलाइन्स मार्फत नेपाल पठाइने कुवेतस्थित नेपाली राजदुतावासले जानकारी दिए । उनका अनुसार मृतकको शव बिहिबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।