साउदी अरबमा यी ९ अवस्था बिना सूचना कम्पनीले निकाल्न सक्ने

परदेशी खबर / ५ अक्टोबर। साउदी अरबको मानव संशाधन तथा सामाजिक बिकास मन्त्रालयले देहायका ९ अवस्थामा रोजगारदाता कम्पनीले कामदारलाई बिना अग्रिम सूचना, सेवा समाप्तिमा दिइने बोनससमेत नदिएर रोजगारको करारना तत्काल अन्त्य गरी बर्खास्त गर्नसक्ने जनाएको छ ।

यी अवस्थामा
– कम्पनीका कसैसंग पनि हातपात (झगडा) गरेमा

–करारनामामा उल्लेखित काम नगरेमा

–रोजगारदाताले दिएको निर्देशन पालना नगरेमा

–कम्पनीको शाख र बिश्वसनियतामा नै आंच पुग्ने कुनै पनि गलत कार्यमा संलग्न भएमा

–कम्पनीको धनमालमा क्षति पु¥याएमा

–रोजगार पाउनका लागि फर्जी कागजात प्रयोग गरेको ठहरेमा, परीक्षण कालमा

– एक करार अवधिमा जम्मा ३० दिन या लगातार १५ दिन ड्युटी नगरेमा

– कम्पनीको पदको दुरूपयोग गर्दै ब्यक्तिगत फाइदा लिएको भेटिएमा

– कम्पनीको औद्योगिक या ब्यापारिक गोपनियता भंग गरेमा

हाल साउदीमा करिव ३ लाख ५० हजारको हाराहारीमा नेपाली श्रमिकहरु कार्यरत रहेको अनुमान गरिएको छ । नेपाल सरकारले साउदीका लागि २ वर्ष करार अवधिको श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।






Related Posts
  • अवैध रुपमा नेपाल छिरेका ११ जना अफगान नागरिक पक्राउ
  • नमस्ते रेष्टुरेन्ट खेलकुदको आयोजना तथा BEC र सिटि एक्सप्रेस भलिबल प्रतियोगिताको उपाधि KSAB अवासियालाई
  • श्रीलंका हुँदै कुवेत कसरी पुगे १ सय ६१ नेपाली महिला ?
  • ११७ पुग्यो बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या , ३४ जनाको अवस्था अझै अज्ञात
  • पछिल्ला सम्प्रेसणहरु

    गधाको दूधको पनिर सबैभन्दा महँगो !

    अवैध रुपमा नेपाल छिरेका ११ जना अफगान नागरिक पक्राउ

    प्रत्येक नेपालीलाई ५७ हजार ऋणको बोझ

    बिजनेष

    असोज २० मा मुख्यमन्त्री राउतले विश्वासको मत लिने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस