आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

मन्त्रालयको भागबन्डा टुंगिए सँगै मन्त्रिपरिषद् विस्तार हुँदै

परदेशी खबर १९ आश्विन २०७८, मंगलवार १४:२६ मा प्रकाशित ( २ साल अघि) २८१ पाठक संख्या

असोज १९,काठमाडौं । सरकार बनेको करिब तीन महिनापश्चात् देउवा नेतृत्वको सरकाले पूर्णता पाउने भएको छ ।

सबै विषयमा सहमति जुटे आजै मन्त्रिमण्डल विस्तार हुने सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनाएको छ ।

उनका अनुसार आज बिहान बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले मन्त्रिमन्डलको भागबन्डा टुंगोमा पुर्‍याएको हो । कसले कति र कुन–कुन मन्त्रालय पाउँदै छन् भन्नेमा शपथग्रहणपछि मात्र बाहिर आउने बताए । “बिहान बसेको बैठकले भागबन्डा टुंग्याएको छ, अब चाँडै मन्त्रिमन्डल विस्तार हुन्छ,” उनले भने ।

मन्त्री कार्कीले सरकार विस्तारमा प्रधानन्यायाधीशको भूमिका सम्बन्धमा बाहिर भइरहेको चर्चा बारेमा कुनै सत्यता नभएको जिकिर गरे । “प्रधानन्यायाधीशको बारेमा बाहिर भएको चर्चामा कुनै सत्यता छैन,” उनले भने, “सरकारमा प्रधानन्यायाधीशले भाग मागेको कुरा बेकार हो ।”