आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

रुपन्देही सेवा समाज युएईको चौथौं महाधिवेशन सम्पन्न,अध्यक्षमा टंक थापा मगर निर्वाचित

परदेशी खबर १७ आश्विन २०७८, आईतवार २०:२५ मा प्रकाशित ( २ साल अघि) ५७८ पाठक संख्या


मनु कोन्मे तमु/ ३ अक्टोबर । रुपन्देही सेवा समाज युएईको चौथौं महाधिवेशन ०१ अक्टोबर २०२१ शुक्रबार बर दुबई स्थित सिल्भर स्पुन रेस्टुरेन्टको हलमा सभ्य र भव्यताका साथ सम्पन्न भएको छ।

चौथो महाधिवेशन बाट २०२१ देखि २०२३ कार्यकालको लागि सर्वसम्मत टंक थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।महाधिवेशनमा निर्वाचन समितिका संयोजक एवं रुपन्देही सेवा समाज युएईका प्रमुख संरक्षक हरिप्रसाद चापागाईले नयाँ कार्यसमितिको नामावली घोषणा गर्नु भएको थियो I

रुपन्देही सेवा समाजले विगतमा जस्तै महाधिवेशन लाई भव्यताका साथ सम्पन्न गराउने योजना रहेता पनि अहिलेको कोभिड-१९ को समय परिस्थिति र युएईको नियम कानुन लाई मध्य नजर राख्दै समाजले एक सामान्य कार्यक्रम गरि महाधिवेशन सम्पन्न गरेको छ भने महाधिवेशन कार्यक्रममा रुपन्देही सेवा समाजका महिला दिदिबहिनीहरु लाई तिजको दर खुवाउने कार्यक्रम पनि राखेको थियो I

उक्त महाधिवेशन बाट अध्यक्षमा टंक थापा मगर,वरिष्ठ उपाध्यक्षमा ॠषी भण्डारी,उपाध्यक्षमा अमित लोहनी,महिला उपाध्यक्षमा कला पंगेनी , उपाध्यक्षमा हिम राज बि. क. निर्वाचित भएको छ।त्यसैगरी महासचिवमा युवराज भटराई , सचिवमा खेम रास्कोटी मगर, सह-सचिवमा लिलामणी खनाल, कोषाध्यक्षमा मोहन चापागाईं र सह-कोषाध्यक्षमा नारायणी भुषाल निर्वाचित भएको छ भने केन्द्रिय सदस्यहरुमा रुप कला सुनार,रेखा चापागाईं,हेमा पुन मगर,राम प्रसाद श्रेष्ठ,जगदीस कंडेल,प्रकाश भण्डारी ,कृष्ण प्रसाद भटराई,ज्योति खनाल,तारा रास्कोटी मगर,मनु गाहा मगर,बिष्णु प्रसाद पौड्याल , द्रुपती थापा मगर,दिलु आले मगर,तेज ढेंगा मगर,प्रितम थापा मगर,शुभाष सारु मगर,मेरी थापा मगर,सुनिता थापा मगर,सजना अर्याल,रोशन अर्याल,पार्वती पाठक,होम रजाली मगर,पवित्रा कोइराला,गणेश कोइराला, सन्तराम, रोम तमनामी मगर, प्रदिप पुन मगर, हिमाल रास्कोटी मगर, बिनोद श्रीष मगर, खुमा देबी केसी,सिता गैरे,बाबुराम सुनार,बिष्णु पाठक, इन्दिरा अर्याल पठाक,रोहित रायमाझी, अनिल क्षेत्री,दिलिप खनाल,युवराज क्षेत्री र सिजन सारु मगर रहेका छ्न।

त्यसैगरी साधारण सदस्यहरुमा नितु थापा मगर, चुन प्रसाद गलामी मगर,मेख बहादुर गलामी मगर ,मिलन काला,नबिन बुढाथोकी,कमल बहादुर खाती,अनिल शर्मा,पुष्पा भट्टराई शर्मा,नेत्र लाल भुषाल,निर बहादुर बस्नेत,शुबा बहादुर बि.क. र घनश्याम अर्याल रहेका छन।