सुनुवार सेवा समाज कुवेतको साधारण सभा तथा शाखा सम्मेलन हुँदै

परदेशी खबर/ ३ अक्टोबर , कुवेत । कुवेतमा क्रियाशिल रहेको सामाजिक संस्था सुनुवार सेवा समाज कुवेतको साधारण सभा तथा शाखा सम्मेलन हुने भएको छ ।

कोभिड महामारीको कारण लामो समय पछि चलमलाउदै गरेको कुवेतमा रहेका नेपाली सामाजिक संघ संस्थाहरुको कार्यक्रम बिस्तारै चलयमान हुन थालेको अवस्थामा सुनुवार सेवा समाज कुवेतले पनि साधारण सभा तथा शाखा सम्मेलन गर्ने भएको हो ।

“कोइच एकता, वर्तमान अपरिहार्यता, पहिचान र विकासको लागि प्रतिबद्धता” मुल नारालाई अगाडि सार्दै हुन गै रहेको साधारण सभा तथा शाखा सम्मेलन यहि अक्टोबर १५ तारीखको दिन कुवेतको फाहाहिल स्थित एवन होटेलमा गर्ने जानकारी आयोजक संस्थाले परदेशी खबर बताएका छन ।

कुवेतमा रहेका सम्पुर्ण नेपाली जनसमुदाय लाई उपस्थितिको लागि आयोजकद्वारा निमन्त्रणा पनि दिएको छ । पुनश्च अक्टोबर १५ तारीखको दिन कुवेतको फाहाहिल स्थित एवन होटेलमा दिनको ११ बजे देखि हुने कार्यक्रम रहेको छ






Related Posts
  • अवैध रुपमा नेपाल छिरेका ११ जना अफगान नागरिक पक्राउ
  • नमस्ते रेष्टुरेन्ट खेलकुदको आयोजना तथा BEC र सिटि एक्सप्रेस भलिबल प्रतियोगिताको उपाधि KSAB अवासियालाई
  • श्रीलंका हुँदै कुवेत कसरी पुगे १ सय ६१ नेपाली महिला ?
  • ११७ पुग्यो बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या , ३४ जनाको अवस्था अझै अज्ञात
  • पछिल्ला सम्प्रेसणहरु

    गधाको दूधको पनिर सबैभन्दा महँगो !

    अवैध रुपमा नेपाल छिरेका ११ जना अफगान नागरिक पक्राउ

    प्रत्येक नेपालीलाई ५७ हजार ऋणको बोझ

    बिजनेष

    असोज २० मा मुख्यमन्त्री राउतले विश्वासको मत लिने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस