‘द भ्वाइस अफ नेपाल’सिजन ३का विजेता किरणलाई त्रिभुवन विमानस्थलबाटै फर्काइयो


असोज १३,काठमाडौं। नेपालमा एक कार्यक्रमका लागि सहभागी हुन आएका ‘द भ्वाइस अफ नेपाल’सिजन ३का विजेता किरण गजमेरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ।

विमानस्थल अध्यागमन कार्यालयले सोमबार किरणलाई ‘इन्ट्रि रिफ्युज’ गर्दै आएकै विमानमा फिर्ता पठाएको हो। स्रोतका अनुसार उनी कतार एयरवेजमार्फत आएका थिए।

पर्यटक भिसाबापत एक वर्षमा बस्न पाउने अवधि किरणले यसअघि नै पूरा गरिसकेकाले उनलाई प्रवेश नदिइएको विमानस्थल अध्यागमन स्रोतले जनाएको छ। नेपालमा पर्यटक भिसामा एक क्यालेन्डर वर्षमा बढीमा ६ महिनासम्म बस्न पाइन्छ।

महामारीका बेला यो समयलाई ७ महिनासम्म पुर्‍याइएको थियो। द भ्वाइस अफ नेपालमा सहभागी हुँदा किरण नेपालमा लगातार २ सय ७० दिन बसेको अध्यागमन स्रोतले जनाएको छ।उनी अमेरिका बस्दै आएका छन्। पूर्व भुटानी शरणार्थी किरण तेस्रो मुलुकमा पुनर्वासपछि परिवारसहित नेपालबाट अमेरिका पुगेका थिए।






Related Posts
  • अवैध रुपमा नेपाल छिरेका ११ जना अफगान नागरिक पक्राउ
  • नमस्ते रेष्टुरेन्ट खेलकुदको आयोजना तथा BEC र सिटि एक्सप्रेस भलिबल प्रतियोगिताको उपाधि KSAB अवासियालाई
  • श्रीलंका हुँदै कुवेत कसरी पुगे १ सय ६१ नेपाली महिला ?
  • ११७ पुग्यो बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या , ३४ जनाको अवस्था अझै अज्ञात
  • पछिल्ला सम्प्रेसणहरु

    गधाको दूधको पनिर सबैभन्दा महँगो !

    अवैध रुपमा नेपाल छिरेका ११ जना अफगान नागरिक पक्राउ

    प्रत्येक नेपालीलाई ५७ हजार ऋणको बोझ

    बिजनेष

    असोज २० मा मुख्यमन्त्री राउतले विश्वासको मत लिने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस