मंसिरमा गर्ने गरि माओवादी केन्द्रको पालिका सम्मेलन सर्‍यो

असोज ११, काठमाडौ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले असोज ३० गते गर्ने भनेको पालिका स्तरीय सम्मेलन दसैँमा परेका कारण मंसिरको पहिलो सातासम्म पछि सारेको छ । आगामी कात्तिक १३ गते वडा सम्मेलनहरू गर्ने र मंसिर ४ गते पालिका स्तरीय सम्मेलन गर्ने माओवादीले निर्णय गरेको छ ।

आगामी पुस ११ देखि १३ गतेसम्म गर्ने भनिएको राष्ट्रिय सम्मेलनको तिथि भने सारिएको छैन । तर, सोमबार पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले स्थानीय तहका सम्मेलनहरूको मिति परिवर्तन गरेको स्थायी कमिटीका नेता देव गुरुङले बताए ।

यसअघि माओवादीले असोज ३० गते पालिका स्तरीय सम्मेलनहरू गर्ने भनेको थियो । तर, असोज २९ गते दसैंको टीका परेकाले माओवादीले कार्यतालिका परिवर्तन गरेको हो । ‘कात्तिक १३ गते वडा सम्मेलन गर्ने र मंसिर ४ गते स्थानीय पालिकाहरुको सम्मेलन गर्ने भन्ने कुरो छ,’ नेता गुरुङले भने, ‘राष्ट्रिय र प्रदेश सम्मेलन नसार्ने र अरुको समय सार्ने भन्ने विषयमा छलफल भएको छ ।’

यसअघि, गत साउन ३० मा सम्पन्न माओवादीको केन्द्रीय कमिटी बैठकले भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने कार्यतालिका बनाएको थियो । त्यसैगरी असोज १० गते देशैभर एकैदिन सेल र टोल भेला भनिएको थियो । असोज २० गते वडा सम्मेलनहरू गर्ने र असोज ३० गते दसैंका बेला देशभरिका सबै गाउँपालिका र नगरपालिका सम्मेलन भनिएको थियो । यो कार्यतालिका अनुसार अहिले देशभरि टोल र वठा सम्मेलन भइरहेका छन् ।

यसअघि माओवादीले कात्तिक ३० गते जिल्ला सम्मेलन र मंसिर १५ गते. प्रदेश सम्मेलन गर्ने भनेको थियो । जिल्ला र प्रदेश सम्मलेनहरु भने सरेका छैनन् । यद्यपि माओवादीले विधानबाटै जिल्ला समिति खारेज गर्ने निर्णय गरिसकेको छ ।

स्थानीय तह र प्रदेशका सम्मेलनहरुको समय अलि साँघुरो भएकाले सच्याइएको नेता गुरुङले बैठकपछि सञ्चार माध्यमलाई जानकारी दिए । उनले भने, ‘पहिला भएको टाइम अलि टाइट भयो । भ्याइएन, टाइम सार्नुपर्यो भन्ने कुरा सिफारिस भएको हुनाले त्यही अनुसारको छलफल भयो ।’

स्थायी कमिटीको बैठकले सदस्यता नवीकरण गर्ने मिति असोज मसान्तसम्म थपेको छ । स्थानीय अधिवेशनको समय सारे पनि प्रदेश सम्मेलन र राष्ट्रिय सम्मेलनको समय भने नसारिएको गुरुङले बताए ।

पार्टी सदस्यको नवीकरण असोज मसान्तसम्म जारी राख्ने र टोल भेलाहरु कात्तिक ६ गते गर्ने सोमबारको बैठकमा निर्णय भएको गुरुङले जानकारी दिए । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको स्थायी कमिटी बैठकबारे जानकारी दिँदै माओवादी नेता गुरुङले भने, ‘अहिलेको समसामयिक स्थितिका बारेमा अध्यक्षले ब्रिफिङ लिनुभयो । मुख्यरुपमा पार्टीका आन्तरिक सम्मेलनहरुको तयारीका विषयहरुमा छलफल भएको छ ।’ रातोपाटीबाट






Related Posts
  • अवैध रुपमा नेपाल छिरेका ११ जना अफगान नागरिक पक्राउ
  • नमस्ते रेष्टुरेन्ट खेलकुदको आयोजना तथा BEC र सिटि एक्सप्रेस भलिबल प्रतियोगिताको उपाधि KSAB अवासियालाई
  • श्रीलंका हुँदै कुवेत कसरी पुगे १ सय ६१ नेपाली महिला ?
  • ११७ पुग्यो बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या , ३४ जनाको अवस्था अझै अज्ञात
  • पछिल्ला सम्प्रेसणहरु

    गधाको दूधको पनिर सबैभन्दा महँगो !

    अवैध रुपमा नेपाल छिरेका ११ जना अफगान नागरिक पक्राउ

    प्रत्येक नेपालीलाई ५७ हजार ऋणको बोझ

    बिजनेष

    असोज २० मा मुख्यमन्त्री राउतले विश्वासको मत लिने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस