विराटनगरमा अवतरणमा पांग्रा नखुलेको बुद्ध एयरको विमान सफलतापूर्वक काठमाडौमा अवतरण

असोज ११, काठमाडौ । बुद्ध एयरको विमान सोमबार बिहानै काठमाडौंबाट विराटनगरतर्फ उडेको थियो । तर, विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको थियो । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सोमबार बिहान अवतरण गर्न लागेको एउटा विमानको पाङ्ग्रा नखुलेका कारण केहीबेर तनाव भयो । रनवेमा अवतरण हुनै लाग्दा बुद्ध एयर विमान पाङ्ग्रा नखुलेपछि आकाशमै फर्किएको थियो ।

केहीबेर आकाशमा घुमेपछि विमान सफलतापूर्वक ल्याण्ड भएको हो । त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रमुख प्रताप बाबु तिवारीले भने–‘ विमानको ल्यान्डिङ गियर आधा मात्र देखिएको थियो, समस्या समाधान नभए इमर्जेन्सी ल्यान्डिङ गराउने तयारीमा गरिरहेका थियौँ तर सफलतापूर्वक ल्याण्ड भएको छ ।’

विमान अवतरण हुन लाग्दा दायाँ पट्टिको पाङ्ग्रा नखुलेका कारण केही बेर समस्या आएको विमानस्थल स्रोतले बताएको छ । विमानमा बालबालिकासहित ७३ जना यात्रु सवार थिए । एनआई कलसाइनको विमान विहान ८ बजेर ३२ मिनेटमा विराटनगरका लागी उडेको नागरिक उड्ययन कार्यालयले जनाएको छ ।






Related Posts
  • अवैध रुपमा नेपाल छिरेका ११ जना अफगान नागरिक पक्राउ
  • नमस्ते रेष्टुरेन्ट खेलकुदको आयोजना तथा BEC र सिटि एक्सप्रेस भलिबल प्रतियोगिताको उपाधि KSAB अवासियालाई
  • श्रीलंका हुँदै कुवेत कसरी पुगे १ सय ६१ नेपाली महिला ?
  • ११७ पुग्यो बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या , ३४ जनाको अवस्था अझै अज्ञात
  • पछिल्ला सम्प्रेसणहरु

    गधाको दूधको पनिर सबैभन्दा महँगो !

    अवैध रुपमा नेपाल छिरेका ११ जना अफगान नागरिक पक्राउ

    प्रत्येक नेपालीलाई ५७ हजार ऋणको बोझ

    बिजनेष

    असोज २० मा मुख्यमन्त्री राउतले विश्वासको मत लिने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस