आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट पारित

असोज ११,काठमाडौ । राष्ट्रिय सभाको आज सोमबारको बैठकले ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुवै विधेयक पारित गरियोस् भनी सदनमा छुट्टाछुट्टै प्रस्ताव पेस गरेका थिए ।

छलफलमा भाग लिने कोही नभएपछि दुवै विधेयकलाई माथिल्लो सदनले बहुमतले पारित गरेको हो । आज पनि राष्ट्रिय सभाको बैठक प्रारम्भ हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदले उभिएर विरोध जनाएका थिए ।

राष्ट्रिय सभाको अर्को बैठक यही असोज १७ गते दिउँसो १ बजे बस्नेछ ।






Related Posts
  • अवैध रुपमा नेपाल छिरेका ११ जना अफगान नागरिक पक्राउ
  • नमस्ते रेष्टुरेन्ट खेलकुदको आयोजना तथा BEC र सिटि एक्सप्रेस भलिबल प्रतियोगिताको उपाधि KSAB अवासियालाई
  • श्रीलंका हुँदै कुवेत कसरी पुगे १ सय ६१ नेपाली महिला ?
  • ११७ पुग्यो बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या , ३४ जनाको अवस्था अझै अज्ञात
  • पछिल्ला सम्प्रेसणहरु

    गधाको दूधको पनिर सबैभन्दा महँगो !

    अवैध रुपमा नेपाल छिरेका ११ जना अफगान नागरिक पक्राउ

    प्रत्येक नेपालीलाई ५७ हजार ऋणको बोझ

    बिजनेष

    असोज २० मा मुख्यमन्त्री राउतले विश्वासको मत लिने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस