आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

यी हुन् ‘द भ्वाइस किड्स’का ४ कोच

परदेशी खबर ७ आश्विन २०७८, बिहीबार १३:५३ मा प्रकाशित ( २ साल अघि) १९९ पाठक संख्या

‘द भ्वाइस अफ नेपाल’को तेश्रो सिजन भव्यताका साथ सम्पन्न गरेपछि हिमालय टीभी एचडीले बालबालिकाहरुका लागि गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ प्रशारण गर्ने तयारी गरेको छ ।

यो शोमा ६ देखि १४ बर्षका बालबालिकाहरुले सहभागीता जनाउन पाउनेछन् । बालबालिकाहरुको अडिसन सम्पन्न भैसकेको आयोजकले जानकारी दिएको छ । अहिले अडिसनबाट छानिएका बालबालिकाहरु ‘ब्लाइन्ड अडिसन’को तयारीमा व्यस्त छन् । आइतबारबाट ‘ब्लाइन्ड अडिसन’को छायांकन सुरु हुनेछ । यो शोलाई कात्तिकबाट प्रशारण गर्ने तयारीमा आयोजक जुटेको छ ।

तर, बालबालिकाहरुको गायन प्रतिभालाई उजागर गर्ने उद्देश्यले संचालन गर्न लागिएको यो रियालिटी शोका लागि ४ जना कोचहरु भने फाइनल गरिएको छ । जसमा दुई जना कोचहरु ‘द भ्वाइस अफ नेपाल’ कै छन् । यो शोमा गायकद्धय राजु लामा र प्रमोद खरेल कोचको रुपमा रहनेछन् । यस्तै, कोचकै रुपमा गायिकाद्धय मिलन नेवार र प्रविशा अधिकारी रहने पक्का भएको छ ।

यो शोलाई ‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले नै निर्देशन गर्नेछन् ।यो खबर अनलाइनखबरले प्रकाशित गरेका छन ।