नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए

असोज ७,काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले आफ्नो पदाधिकारीहरु टुंग्याएको छ। पार्टीको बिहीबार बिहान भएको सचिवालय बैठकले पदाधिकारी टुंग्याएको हो।

जसअनुसार अध्यक्षमा माधवकुमार नेपाल र वरिष्ठ नेतामा झलनाथ खनाल रहँदा पार्टीको उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल रहेका छन्। पार्टी महासचिवमा डा बेदुराम भुसाल निश्चित भएको पार्टीका एक स्थायी समिति सदस्यले जानकारी दिए।

उनका अनुसार पार्टीको उपमहासचिवहरुमा डा विजय पौडेल, डागंगालाल तुलाधर र प्रकाश ज्वाला रहनेछन् । पार्टीका केन्द्रीय सदस्यहरु रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र केशवलाल श्रेष्ठ सचिव चुनिएका छन्।

पार्टी पदाधिकारी चयनसँगै अन्य जिम्मेवारी टुंग्याउन पार्टीको केन्द्रीय कमिटीको बैठक बिहीबार पनि बस्दै छ।






Related Posts
  • अवैध रुपमा नेपाल छिरेका ११ जना अफगान नागरिक पक्राउ
  • नमस्ते रेष्टुरेन्ट खेलकुदको आयोजना तथा BEC र सिटि एक्सप्रेस भलिबल प्रतियोगिताको उपाधि KSAB अवासियालाई
  • श्रीलंका हुँदै कुवेत कसरी पुगे १ सय ६१ नेपाली महिला ?
  • ११७ पुग्यो बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या , ३४ जनाको अवस्था अझै अज्ञात
  • पछिल्ला सम्प्रेसणहरु

    गधाको दूधको पनिर सबैभन्दा महँगो !

    अवैध रुपमा नेपाल छिरेका ११ जना अफगान नागरिक पक्राउ

    प्रत्येक नेपालीलाई ५७ हजार ऋणको बोझ

    बिजनेष

    असोज २० मा मुख्यमन्त्री राउतले विश्वासको मत लिने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस