अग्रजलाई सम्मान, युवालाई कार्यकारी जिम्मा दिने माधव नेपालको प्रतिवेदन

असोज ५,काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संगठनमा युवाहरूलाई पार्टीका हरेक कमिटीमा उचित जिम्मेवारी दिने प्रतिवेदन प्रस्तुत गरेका छन । प्रथ@म केन्द्रीय कमिटीको बैठकमा नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अग्रजलाई सम्मान र युवालाई कार्यकारी जिम्मा भन्ने नारा दिइने उल्लेख छ ।

“संगठनका क्षेत्रमा युवाहरूलाई अगाडि बढाउन अग्रजलाई सम्मान युवालाई कार्यकारी जिम्मा’ नारा तय गरी कार्यान्वयन गर्न स्थानीय तहसम्म वरिष्ठ कम्युनिस्ट परिषद् गठनगरी अभिभावकत्व र कार्य सम्पादनको व्यवस्थित प्रणाली निर्माण गरिनेछ,” प्रतिवेदनमा भनिएको छ, “पार्टीका हरेक कमिटीमा उल्लेख्य संख्यामा युवाहरूलाई राखिने छ । प्रत्येक तहमा जिम्मेवारी दिने, कामको मुल्याकंन गर्ने र पदोन्नति गर्ने वैज्ञानिक पद्धतिको निर्माण गरी अबलम्बन गरिने छ ।”

अध्यक्ष नेपालले पार्टीलाई उत्पादनसँग जोडिने बताएका छन् । त्यस्तै पार्टीका प्रत्येक कमिटीले कम्तिमा वर्षको दुईपटक पार्टी स्कुल/प्रशिक्षण दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।






Related Posts
  • अवैध रुपमा नेपाल छिरेका ११ जना अफगान नागरिक पक्राउ
  • नमस्ते रेष्टुरेन्ट खेलकुदको आयोजना तथा BEC र सिटि एक्सप्रेस भलिबल प्रतियोगिताको उपाधि KSAB अवासियालाई
  • श्रीलंका हुँदै कुवेत कसरी पुगे १ सय ६१ नेपाली महिला ?
  • ११७ पुग्यो बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या , ३४ जनाको अवस्था अझै अज्ञात
  • पछिल्ला सम्प्रेसणहरु

    गधाको दूधको पनिर सबैभन्दा महँगो !

    अवैध रुपमा नेपाल छिरेका ११ जना अफगान नागरिक पक्राउ

    प्रत्येक नेपालीलाई ५७ हजार ऋणको बोझ

    बिजनेष

    असोज २० मा मुख्यमन्त्री राउतले विश्वासको मत लिने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस