राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता, प्रशिक्षक लागे भारत

असोज ५,काठमाडौं । राष्ट्रिय क्रिकेट टोली आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज खेलेर सोमबार स्वदेश फर्किएको छ । सोमबार बिहान राष्ट्रिय टोली ७ : २५ मा त्रिभुवन विमानस्थलमा आइपुगेको थियो । नेपाली टोली छाडि सकेका मुख्य प्रशिक्षक देभ ह्वाटमोर भने उतैबाट भारततर्फ लागेका छन् ।

नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । ओमानसँग पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । अमेरिकासँग दोस्रो खेलमा भने नेपाल ६ विकेटले पराजित हुन पुगेको थियो । अन्तिम खेलमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको थियो । त्रिकोणात्मक सिरिजअघि तयारीको लागि नेपालले पपुवा न्युगिनीसँग दुई ओडिआई खेल खेलेको थियो । नेपाल पहिलो खेलमा दुई विकेट र दोस्रो खेलमा १ सय ५१ रनको अन्तरले विजयी भएको थियो ।

अव नेपालले २०२२ मा फेब्रुअरीमा घरेलु मैदान टियुमा पपुवा न्युगिनी र युएईसँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्ने कार्यक्रम छ । नेपालले विदेशी टोलीसँग सहकार्य गर्दै त्यसअघि पनि खेल्न सक्छ । योसँगै नेपाल ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंक जोड्दै अंक तालिका चौथो स्थानमा उक्लिएको छ ।






Related Posts
  • अवैध रुपमा नेपाल छिरेका ११ जना अफगान नागरिक पक्राउ
  • नमस्ते रेष्टुरेन्ट खेलकुदको आयोजना तथा BEC र सिटि एक्सप्रेस भलिबल प्रतियोगिताको उपाधि KSAB अवासियालाई
  • श्रीलंका हुँदै कुवेत कसरी पुगे १ सय ६१ नेपाली महिला ?
  • ११७ पुग्यो बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या , ३४ जनाको अवस्था अझै अज्ञात
  • पछिल्ला सम्प्रेसणहरु

    गधाको दूधको पनिर सबैभन्दा महँगो !

    अवैध रुपमा नेपाल छिरेका ११ जना अफगान नागरिक पक्राउ

    प्रत्येक नेपालीलाई ५७ हजार ऋणको बोझ

    बिजनेष

    असोज २० मा मुख्यमन्त्री राउतले विश्वासको मत लिने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस