आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

एमालेको विधानमा केपी ओलीलाई फेरि प्रधानमन्त्री हुन रोक, ७० वर्षे उमेर हदले कार्यकर्ता उत्साही

परदेशी खबर ४ आश्विन २०७८, सोमबार १३:०५ मा प्रकाशित ( २ साल अघि) २३८ पाठक संख्या

असोज ४,काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री हुन रोक लाग्ने गरी एमाले स्थायी कमिटी बैठकमा विधान संशोधन प्रस्ताव आएको छ । स्थायी कमिटीमा आएको विधान संशोधन प्रस्ताव असोज मध्यमा हुने विधान महाधिवेशनबाट पारित भए ओली फेरि प्रधानमन्त्री हुन पाउनु हुने छैन् ।

यद्यपि ७० वर्ष उमेर हद राख्दा पनि पार्टी अध्यक्ष भने एक पटक हुन पाउनु हुने छ । विधान संशोधन प्रस्तावमा सरकार प्रमुख दुई पटक भन्दा बढी हुन नपाउने, ७० वर्ष पुगेपछि कार्यकारी पदमा रहन नपाउने व्यवस्था गरिएको छ । उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङलगायत नेताहरू आगामी कार्यकालमात्रै कार्यकारी कमिटीमा रहने छन् ।

आजको बैठकमा विधान महाधिवेशनमा पेश गरिने विधान संशोधन प्रस्ताव, राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि छलफल हुने स्थाय कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयो । एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म हुने तय गरिएको छ । योहोखबर बाट