आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

एमाले सांसदको नाराबाजीबीच विनियोजन विधेयक पारित

परदेशी खबर ४ आश्विन २०७८, सोमबार १२:४५ मा प्रकाशित ( २ साल अघि) १६१ पाठक संख्या


असोज ४,काठमाडौ । प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले नाराबाजी बीच विनियोजन विधेयक पारित भएको छ् ।
नेमकिपा सांसद प्रेस सुवालले विनियोजन विधेयक २०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालय शीर्षकका खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीका प्रस्ताव पेस गरेका छन् ।

एमाले सांसदको नाराबाजी चलिरहँदा सो विधेयकलाई निर्णायार्थ प्रस्तुत गरिएको थियो । एमाले सांसदको नाराबाजीबीच नै सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रस्तुत गरेका थिए ।

उनले बहुमतका आधारमा विनियोजन विधेयक पास गरेको घोषणा गरे । संसदले विनियोजन विधेयक पास गरेसँगै अब सरकारलाई बजेट खर्च गर्ने बाटो खुला भएको छ ।