आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

कुमार बराईलीलाई अध्यक्षमा चयन गर्दै बिश्वकर्मा एकता समाज नेपाल कुवेतको पाचौं वार्षिकोत्सव सम्पन्न

परदेशी खबर २ आश्विन २०७८, शनिबार १८:५८ मा प्रकाशित ( २ साल अघि) ५४६ पाठक संख्या

परदेशी खबर / १८ सेप्टेम्बर, कुवेत। कुवेतमा क्रियाशील बिश्वकर्मा एकता समाज नेपाल कुवेतको पाचौं वार्षिकोत्सव तथा अधिवेशनको साथ बिस्वकर्मा पूजा कार्यक्रम अध्यक्षमा कुमार बराईलीलाई चयन गर्दै सम्पन्न भएको छ ।

कुवेत स्थित मङ्गाफ मेमोरिस हलमा १७ सेप्टेम्वर २०२१ शुक्रवारको दिन पाचौं अधिवेशन तथा विस्वकर्मा पूजा कार्यक्रममा पाचौं अधिवेशन बाट अध्यक्षमा कुमार बराईली र रोलबहादुर बिस्वकर्मा महासचिव पदमा सर्वसम्मत चयन भएका छन । स बिस्वकर्मा एकता समाज नेपाल कुवेतका अध्यक्ष गम सुनारको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ कुवेतका अध्यक्ष रनध्वज लामा प्रमुख अतिथि रहेका थिए । त्यसैगरी विभिन्न सङ्घ सस्थाबाट प्रतिनिधित्व गरि उपस्थित प्रतिनिधिहरु अतिथि रहेका कार्यक्रममा समाजका सचिव रोल बहादुर बिस्वकर्मा पुजारी रहेका थिए भने संरक्षक जीवन सुनारले कार्यक्रम सहजीकरण गरेका थिए ।

रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत बिस्वकर्माहरुलाई एकताबद्ध गर्दै ‘बिस्वकर्माको एकता आजको आवश्यकता’ भन्ने मुल नारालाई आत्मसात् गर्दै सन २०१६ मा स्थापना भएको सस्थाले हरेक वर्ष असोज १ गतेको दिन बिस्वकर्मा पूजा मनाउदै आईरहेको छ । साथै कुवेतको नेपाली समाज र नेपालमा समेत सामाजिक र मानवीय सेवाका कार्यहरू गर्दै आएको छ ।

प्रवासमा कार्यव्यस्तताको बाबजूद पनि बिस्वकर्मा बाबाको पूजा आराधनाको लागि कुवेतमा क्रियाशील संघ संस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत कुबेतमा कार्यरत नेपाली दाजु भाई तथा दिदी बहिनीहरुको उल्लेखनीय उपस्थित रहेको थियो ।