तालिबान फुट, सह–संस्थापक मुल्ला गनी बरादरले काबुल छाडे

भदौ ३०, काठमाडौ । तालिबानको अन्तरिम सरकारमा विभाजन भएको छ। तालिबानका एक वरिष्ठ अधिकारीले संगठनमा फुट देखिएको उल्लेख गरेका छन् ।

तालिबानका एक वरिष्ठ अधिकारीले अन्तराष्ट्रिय सञ्चारमाध्यमलाई जनाए अनुसारतालिबान सह(संस्थापक मुल्ला घनी बरादार र राष्ट्रपति भवनमा एक क्याबिनेट सदस्यको समूहबीच झगडा भएको थियो।

मुल्ला बरादर हालैका दिनहरुमा सार्वजनिकमा देखिएको छैन। यस विषयमा तालिबान अधिकारीहरुले भने आधिकारिक रुपमा अस्वीकार गरेका छन् ।

तालिबानले गत महिना अफगानिस्तानको नियन्त्रण लिएको थियो र अफगानिस्तानलाई इस्लामिक गणतन्त्रबाट इस्लामिक अमिरात बनाउने घोषणा गरेको थियो।

तालिबानले गत सातामात्रै नयाँ क्याबिनेट घोषणा गरेको थियो । जसमा सबै पुरुष र दुई दशकदेखि चलिरहेको युद्धका क्रममा आतंकवादी घोषित व्यक्तिहरु थिए । एजेन्सी






Related Posts
  • प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित
  • घुन्सा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा,सम्झनामा दीप प्रज्वलन
  • नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए
  • अग्रजलाई सम्मान, युवालाई कार्यकारी जिम्मा दिने माधव नेपालको प्रतिवेदन
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस