आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

नेपाल रेष्टुरेन्ट खेलकुद परिवार कुवेतले सेप्टेम्बर २४मा खुल्ला भलिवल प्रतियोगिता आयोजना गर्दै

परदेशी खबर २५ भाद्र २०७८, शुक्रबार १९:३८ मा प्रकाशित ( २ साल अघि) ६३९ पाठक संख्या

परदेशी खबर /10 सेप्टेम्बर,कुवेत /नमस्ते नेपाल रेष्टुरेन्ट खेलकुद परिवार कुवेतले खुल्ला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । कोरोना महामारीको नियन्त्रण सगै कुवेत सरकारले खेल क्षेत्रलाई खुल्ला रुपमा सन्चालन गर्न अनुमति दिए सगै प्रतियोगिता गर्न लागेको अध्यक्ष राज महर्जनले जनाएका छन ।

खेलकुदको माध्यमबाट शारीरिक सगै मैत्रीपूर्ण सम्बन्धको निर्माण हुने वताउदै प्रतियोगिता प्रमुख मोहन राईले कुवेतमा कृयाशिल समाजसेवी ,बुद्धिजीवी , पत्रकार , सघ सस्थाका पदाधिकारी लगायत खेलप्रेमि सम्पूर्णलाई उपस्थितको लागि अपिल गरेका छन ।

यहि सेप्टेम्बर २४ तारिख शुक्रबारका दिन महाबुल्लाको मैदानमा बिहान ७ बजेदेखि सुरुहुने प्रतियोगितामा खुल्ला रुपमा सन्चालन गरिनेहुदा कुवेतका सम्पूर्ण भलिबल टिमहरुलाई सहभागीताको लागि अनुरोध गरिएको छ ।