संसदमै सभामुखविरुद्ध एमालेले नाराबाजी गर्‍याे,बैठक १५ मिनेटका लागि स्थगित

भदौ २३,काठमाडौं । संसदको नवौँ अधिवेशन सुरु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आजका लागि आह्वान गरेको संसदको अधिवेशनको पहिलो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको पत्र पढेर सुनाएका छन् । बैठकको सुरुवात गरेरसँगै एमालेले संसद्को बैठक अबरुद्ध पारेको हो ।उनीहरूले सभामुखविरुद्ध नाराबाजी गरेका छन् ।

एमाले सांसदहरू उठेर अवरोध गरेपछि सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई समय दिएका थिए । उनले सरकारले दल फुटाउ अध्यादेश ल्याउनका लागि संसदको जारी अधिवेशन अन्त्य गरेको, एमाले फुटाउनका लागि दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेको र सभामुखले एमाले फुटाउनका लागि सारथीको भूमिका निर्वाह गरेको आरोप लगाउँदै त्यसको जवाफ नआउादासम्म संसदको बैठक चल्न नसक्ने बताएका थिए ।त्यसपछि सभामुख बैठक १५ मिनेटका लागि स्थगित गरे ।






Related Posts
  • प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित
  • राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन
  • घुन्सा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा,सम्झनामा दीप प्रज्वलन
  • नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस