कुवेतले सबै प्रकारका भिसा खुला गर्ने तयारीमा

परदेशी खबर/ ८ सेप्टेम्बर , कुवेत ।विश्वव्यापी महामारी कोभिड-१९ पछि कुवेतले दिने सबै प्रकारमा भिसा बन्द गरेको लामो समयपछि कुवेतले आगामी अक्टोबरदेखि सबै प्रकारका भिसा खुला गर्ने तयारी गरेको छ ।

लामो समयपछि भिजिट भिसा खुला गर्ने तयारी गरेको कुवेतले सबै प्रकारका भिसा खुला गर्न लागेको हो । कुवेतको आन्तरिक मन्त्रालयका अनुसार कुवेतले पारिवारिक, व्यापारिक र यात्रा प्रयोजनका लागि भिजिट भिसा जारी गर्दै आएको छ ।

स्थानीय अरबी दैनिक पत्रिका अल राईका अनुसार विभिन्न देशसँग सिधा हवाई उडान शुरु गरेको कुवेतले आगामी अक्टोबर शुरुदेखि भिजिट भिसा खुला गर्ने बताइसकेको छ ।

कुवेत सरकारले कोराना भाइरस संक्रमण दर घटेको र खोप पनि पर्याप्त भएको भन्दै भिजिट भिसा खुला गर्न लागेको उक्त पत्रिकाले उल्लेख गरेको छ । कुवेतमा निर्माण कामदार , ईन्जिनियर, प्राविधिक, र शिक्षकहरुको माग अत्यधिक बढेको बताइएको छ । कुवेतमा अवैध रुपमा काम गर्दै आएका आप्रवासीहरुलाई पनि कोभिड विरुद्धको खोप उपलब्ध गरिसकेको छ ।






Related Posts
  • प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित
  • राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन
  • घुन्सा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा,सम्झनामा दीप प्रज्वलन
  • नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस