भारतले खलंगाको आकाशमा हेलिकप्टर उडाएको घटनामा जनमोर्चाको आपत्ति

भदौ १९, काठमाडौ। राष्ट्रिय जनमोर्चाले दार्चुला सदरमुकाम खलंगाको आकाशमा भारतले बिनाअनुमति हेलिकप्टर उडाएको घटनाप्रति आपत्ति जनाएको छ।

जनमोर्चाले त्यस्तो कार्यले अन्तर्राष्ट्रिय नियम उल्लंघन गर्नुका साथै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि चुनौती दिएको जनाएको छ।

पार्टीका महासचिव मनोज भट्टले शनिबार प्रेस विज्ञप्ति जारी गरी हेलिकप्टर उडाएको घटनाको भर्त्सना गरेका छन्।

भारतको सो कार्य रोक्न नेपाल सरकारले भारतीय पक्षसँग कूटनीतिक पहल गर्नुपर्ने उनले विज्ञप्तिमा जनाएका छन्।

‘नेपालको स्वीकृतिबिना दार्चुला जिल्लाको सदरमुकाम खलङ्गास्थित नेपाली सेनाको गुरु गुल्म हेडक्वाटर, लेकम, मालिकार्जुन, महाकाली, दुहुँ र व्यास गाउँपालिका क्षेत्रको आकाशमा पटक–पटक भारतीय हेलिकोप्टर उडेको समाचार सार्वजनिक भएकोबारे ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसप्रकारका हर्कत नगर्न नेपाल सरकारले भारतीय पक्षसँग दृढतापूर्वक कूटनीतिक पहल गर्नुपर्ने कुरामा जोड दिन्छौँ।’

भारतले खलंगामाथिको आकाशमा केही दिनदेखि बिनाअनुमति पटक-पटक हेलिकप्टर उडाइरहेको थियो। दार्चुला प्रशासनले उक्त कार्य रोक्न भारतीय पक्षलाई पत्राचार गरिसकेको छ।

महाकालीको तुइन काण्डका सम्बन्धमा छानबिन गर्न गठित आयोगले सरकारलाई बुझाएको प्रतिवेदनका सम्बन्धमा पनि जनमोर्चाले ध्यानाकर्षण भएको जनाएको छ।

छानबिन समितिको प्रतिवेदन अनुसार भारतीय सुरक्षाकर्मीको उपस्थितिमा घटना घटेको जनाइएको थियो।

जयसिंह धामीको मृत्यु प्रकरणमा संलग्न भारतीय सुरक्षाकर्मीलाई कडाभन्दा कडा सजाय गर्न जनमोर्चाले सरकारसँग माग गरेको छ। सेतोपाटि बाट साभार






Related Posts
  • प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित
  • राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन
  • घुन्सा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा,सम्झनामा दीप प्रज्वलन
  • नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस