आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

वैदेशिक रोजगारीमा जाने तयारी पूरा गरेका युवाद्वारा खोप लगाउन नपाएको भन्दै विरोध प्रदर्शन

परदेशी खबर १५ भाद्र २०७८, मंगलवार १२:०८ मा प्रकाशित ( २ साल अघि) १८६ पाठक संख्या

भदौ १५,काठमाण्डाै । वैदेशिक रोजगारीमा जाने तयारी पूरा गरेका युवाहरुले कोरोना विरुद्धको खोप लगाउन नपाएको भन्दै माइतीघर मण्डलामा भेला भएर उनीहरुले विरोध प्रदर्शन गरेका छन् ।
घन्टौं लाइनमा बस्दा पनि खोप लगाउन नपाएको भन्दै उनीहरुले विरोध गरेका छन् ।उनीहरुले वैदेशिक रोजगारीमा जानेहरुलाई एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप दिन पनि माग गरेका छन् । अस्पतालले खोपका लागि टोकन दिए पनि खोप नपाए पछि टोकनसहित युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

उनीहरुले केही दिनयता खोपको लागि धाइरहँदा पनि खोप नपाएको गुनासो गरेका छन् । रोजगारदाता देशहरुले खोपलाई अनिवार्य गरे पनि सरकारले कामका लागि विदेश जानेहरुका लागि बेवास्ता गर्दै आएको छ ।