काबुल विमानस्थलमा हमलापछि (तस्बिरहरु)

 

 

भदौ ११, काठमाडौ। अफगानिस्तानको काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बमविस्फोटमा मर्नेको संख्या १ सय नाघेकोे छ । झन्डै ९० जना सर्वसाधारण र १३ जना अमेरिकी सैनिक यस घटनामा मारिएका छन् । इस्लामिक स्टेट समूहले गरेको यस आतंकी हमलामा १ सय ५० जना घाइते भएका थिए ।

बिस्फोटपछि विमानस्थलमा जताततै रगत देखिएको थियो । मानिसका जुत्ता, ब्याग र पानीका बोतलहरु घटनास्थलमा देखिएका छन् । यी मानिसहरु अफगानिस्तान छाड्ने तयारीसहित विमानस्थल आएका थिए । उनीहरु कुनै विमानले उद्धार गरिदेला भन्ने आशामा थिए ।

घटनास्थललाई अहिले तालिबानी लडाकुहरुले निगरानी गरिरहेका छन् । त्यसैगरी अमेरिकी सेनाले पनि अफगानिस्तानबाट मानिसहरुलाई निकाल्ने काम फेरि सुरु गरेको छ ।

 






Related Posts
  • प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित
  • राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन
  • घुन्सा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा,सम्झनामा दीप प्रज्वलन
  • नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस