पार्टीभित्रैबाट बहुमत ल्याउने नव नियुक्त मुख्यमन्त्री आचार्यको दाबी

भदौ १०,मोरङ। प्रदेश–१ का नव नियुक्त मुख्यमन्त्री भीम आचार्यले आफ्नै दल नेकपा (एमाले) भित्रबाटै बहुमत पुर्‍याउने दाबी गरेका छन् । मुख्यमन्त्रीको शपथ ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले जसरी पनि बहुमत जोगाउने दाबी गरे । आचार्यले मन्त्रिपरिषद् पनि चाँडै विस्तार गरिने जानकारी दिए ।

आचार्यले लोकतन्त्र, विकास र स्थायित्व पक्षधर दलहरुसँग कुरा गर्ने र आफ्नै संख्या पुर्‍याएर बहुमत कायम राखिने बताए । नेकपा (एमाले) प्रदेश–१ को संसदीय दलको नेतामा चयन भएको केहीबेरमै आचार्य प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएर उनलाई दलको नेताका लागि प्रस्ताव गरेका थिए। दलको नेता बनेलगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ समक्ष आचार्यलाई मुख्यमन्त्री नियुक्त गर्न सिफारिस गरिएको थियो ।

मुख्यमन्त्री नियुक्त भएलगत्तै आचार्यलाई प्रदेश प्रमुख प्यासीले पद तथा गोपनीयताको शपथ गराए । संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरेर सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन भएको छ ।

आचार्यले संविधान अनुसार ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत प्राप्त गर्न नसके उनी मुख्यमन्त्रीमा रहिरहन पाउने छैनन् । ९२ सदस्यीय प्रदेशसभामा एमालेको एकल बहुमत छ । त्यही बहुमतका आधारमा दलको नेता चयन भएलगत्तै मुख्यमन्त्री नियुक्त हुँदै आचार्यले शपथ लिन पाएका हुन् । प्रदेशसभामा सभामुखसहित एमालेका ५१ सांसद छन् । बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ ।

यसैबीच आफूले संसदीय दलको नेताबाट राजीनामा दिएर आचार्यलाई मुख्यमन्त्री बन्ने बाटो खुला गरिदिएपछि राईले भने एमालेको प्रभाव र बर्चश्व जोगाउन आफूले राजीनामा दिएको बताएका छन् । संक्षिप्त प्रतिक्रिया दिँदै उनले एमालेको एकता कायम राख्न र पार्टीको शाख बचाउन आफ्नै प्रस्तावमा आचार्यलाई दलको नेता बनाइएको बताए । एमालेको प्रभावलाई यथावत राखेर सरकारलाई सुरक्षित गर्ने योजनाअनुरुप आफ्नो प्रस्तावमा आचार्य दलको नेता र मुख्यमन्त्री बनेको राईको भनाइ छ ।






Related Posts
  • प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित
  • राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन
  • घुन्सा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा,सम्झनामा दीप प्रज्वलन
  • नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस