चलचित्रका निर्माता एवं निर्देशक बिकास क्रोम्जे गुरुङ लाई गुरुङ स्याइ स्याइसंस्कार

मनु कोन्मे तमु/ २३ अगस्ट , पोखरा । “रमाइलो साझ अनि हामी सबैको साथ ग्रुप “का अध्यक्ष भिजन तमुको संयोजकत्वमा चलचित्रका निर्माता एवं निर्देशक बिकास गुरुङ लाई गुरुङ संस्कार अनुसार स्याइ स्याइ गरेको छ ।

रमाइलो साझ अनि हामी सबैको साथ ग्रुप द्वारा स्विजरल्याण्ड पार्क कालू पाण्डे डांडामा आयोजना गरेको बनभोज कार्यक्रममा केही महिना अगाडी हङकङ बसाइको क्रममा स्वास्थ्यमा केही समस्य देखिए पछि नेपाल आएका चलचित्रका निर्माता एवं निर्देशक बिकास क्रोम्जे गुरुङ लाई गुरुङ संस्कार अनुसार स्वास्थ्य लाभको कामना गर्दै स्याइ स्याइ गरेको थियो ।

निर्माता एवं निर्देशक गुरुङ केही महिना अगाडी नेपाल आएका हुन। नेपाल आएपछि गुरुङको उपचार पश्चात् स्वास्थ्य समस्यमा सुधार आएको जानकारी गुरुङ निकट व्यक्तिले जानकारी गराए संगै चलचित्रका निर्माता एवं निर्देशक बिकास क्रोम्जे गुरुङ लाई स्वास्थ्य लाभको कामना गर्दै केही हौसला प्रदान गर्नको लागी रमाइलो साझ अनि हामी सबैको साथ भन्ने ग्रुप द्वारा गुरुङ संस्कार अनुसार स्याइ स्याइ गरेको हो।

उक्त कार्यक्रममा रमाइलो साझ हामी सबैको साथ ग्रुपका अध्यक्ष भिजन तमु , वरिष्ठ उपाध्यक्ष अजय गुरुङ , महिला बिभाग अध्यक्ष मिठु माया गुरुङ , सल्लाहकार नुमा लामिछाने गुरुङ , आजिवन सदस्य मिना गुरुङ, सहनसिल यातायात व्यवस्थापन उर्गेन गुरुङको साथै अन्य सक्रिय सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रममा चर्चित मोडेल एवं नायक आनन्द गुरुङ, वरिष्ठ कोरियोग्राफर लब्सन गुरुङ (पोखरा ), नायिका जोनिशा गुरुङ लगायत बुद्धिजीवी तथा महानुभावहरुको उपस्थित रहेको ग्रुपका सहनसिल यातायात व्यवस्थापन उर्गेन गुरुङ ले जानकारी गराएका थिए ।






Related Posts
  • प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित
  • राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन
  • घुन्सा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा,सम्झनामा दीप प्रज्वलन
  • नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस