नेपाल अब पर्यटनवादी र कृषिवादी भए कोरोनाकै बिचमा आफुलाई कायापलट गर्न सक्छ

युवक राई ठिमुर

युवक राई ( ठिम्बर )

कोभिड-19 बाट संसार विस्तारै खुल्दैछ। हरेक देशको नागरिक अब कोभिड-19 बाट भयमुक्त हुन थालेका छन् । र धेरै जसो देश पहिलेकै सामान्य गतिविधिमा ब्यस्त हुन थालिसकेका छन । यस्तो महामारी हाम्रो बर्तमान समाजले भोगिरहदा यसका असरहरुको बारेमा कयौं बहस , छलफल ,लेख , भिडियो लगायतको माध्यमले दिनहुँ जसो सुनिरहेका छौँ , पढी रहेका छौँ । तर यहीँ समस्याको बिचमा माक्स र स्यानिटाइजर साथै अन्य धेरैले पनि कयौं गुणा मुनाफा कमाए। जस्तैः अनलाइन सपिङका माध्यमहरुले , डिजिटल चलचित्र-लगायतको apps हरुले , zoom meating जस्ता कयौं कयौं नयाँ विकल्पहरुले। सयौं गुणा बढी कमाए।

तर यहीँ बिचमा नेपाल जस्तो आर्थिक हैसियत कम भएको तर युवा जनशक्ति धेरै भएको र तेसलाई सदुपयोग गर्न सक्ने प्रस्सत सम्भावना भएको देश भित्र नेपाल पर्छ। यहीँ महामारीलाई अवसरमा बदल्न सक्ने दुई प्रमुख सम्भावना मैले देखेको छु ।

पहिलो: धेरै सम्पत्ति,आर्थिक हुनेहरू यो कोरोनाको बिचमा घरमै वा आफ्नै देश भित्रै लामो समय निसास्सिएर बस्न बाध्य भए। बिज्ञानको प्रबिधिको माध्यमले केही राहत दिए पनि , उनिहरुको पूरा कोरोना धङधङी हटाउन प्राकृतिक बिधिनै चाहिन्छ भन्ने सबैलाई थाहा भैईसक्यो। तसर्थ ऊनीहरु कोभिड-19 सुरक्षित भएको ठाउँ वा देश गुम्न गएर आफुलाई पुर्ण ताजा बनाउन र यो कोरोनाको ह्याङओभर हटाउन चाहिरहेका छ्न। यस्तो स्थितिमा नेपाल जस्तो पर्यटनवादी र कृषिवादी हुनुपर्ने देशले । अलि बढी मेहनत गर्ने हो भने यहीँ समय आफ्नो र देशको कायापलट गर्न सक्छ।

किन पनि भने मैले माथी उल्लेख गरि सके हुनेखाने हरु अब संसारको रमणीय प्राकृतिक ठाउँ घुमेर आफुलाई फ्रेस गर्न चाहिरहेका छ्न। यहीँ समय नेपालले ऋणलिएर भए पनि पहिला आफ्नो सबै नागरिकलाई पूरा भ्याक्सिन लगाउनु पर्छ । र नेपाललाई लगभग कोरोना मुक्त भएको अन्तर्राष्ट्रिय बजार घोषणा गर्नु पर्छ। त्यहीँ लगत्तै हाम्रो पर्यटनमा अलि बढी लगानी लगाएर केहि सुधार गरेर पर्यटकलाई आह्वान गर्न सके। यो समय पहिलाको बर्ष भन्दा कयौं-कयौं गुणा बढीले पर्यटक भित्र्याउन सकिन्छ। त्यो पनि लगातार ।

त्यस्तै दोस्रो: हो कृषि । अहिले नेपालमा यति धेरै बिरोजगार युवाको बाहुल्यता छ कि यो समय कुनै गलत शक्तिले कुनै उत्तेजित भ्रममा पारेर केहि पनि गराउन सक्ने खतरा छ। यहीँ बिचमा यस्तो उर्जाशिल जनशक्तिलाई राज्यको कुनाकुनामा भएको सम्भावना युक्त ठाउँमा उसको सीप अनुसार तलब दिएर लगाउने सक्नु पर्छ । र बाकी सीप बिहिन युवालाई कृषिमा निशुल्क तालिम दिएर उनिहरुको छनोट अनुसारको कृषिमा सहुलियत , बिना धरौटी , बिना झन्झटिलो तरिकाले ऋण दिने तर सिदै पुजि दिनु भन्दा बस्तु वा उनीहरुलाई चाहिने सम्पुर्ण सामग्री स्थानीय सरकारको रेखदेखमा उपलब्ध गराउने पर्छ। साथै उत्पादित बस्तुलाई राज्यको प्रतेक निकायले भन्डारन , ढुवानी , बजारमा कृषकलाई सहयोग गर्न सके। यसैमा धेरै युवाको आकर्षण बड्ने छ। र यहीँ समय देशमा कृषि क्रान्ति गर्न सकिन्छ। हरेक बर्ष अर्बौं अर्ब खाद्यान्नमा बिदेशिने रकम नेपालमै होल्ड हुन्छ। त्यहीँ नेपालमै जम्मा भएको पुजीलाई देशको अन्य बिकासको क्षेत्रमा लगानी गरेर यहीँ महामारीलाई अवसरमा बदल्न सकिन्छ । र देशको पनि कायापलट हुन्छ।






Related Posts
  • प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित
  • राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन
  • घुन्सा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा,सम्झनामा दीप प्रज्वलन
  • नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस