आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

ग्लोबल एनआरएन सिंगिङ आइडलमा छानिए १५ उत्कृष्ट प्रतियोगी

परदेशी खबर ५ भाद्र २०७८, शनिबार २२:०६ मा प्रकाशित ( २ साल अघि) ९३ पाठक संख्या

ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट १५ जनाको छनौट भएका छन् । ‘नेपाली कला, संस्कृति, संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेन्ड जेनेरेसन सिजन–१ को गाला राउन्डको दोस्रो चरणबाट उत्कृष्ट १५ जना छनौट भएका हुन् ।

शुक्रबार सम्पन्न गाला राउन्डको तेस्रो चरणबाट उत्कृष्ट १५ जनाको छनौट गरिएको हो । ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकहरू गायक उदय सोताङ र विजय लामा तथा गायिका प्राश्ना शाक्य र सुनिता दुलालको ६० अंक र ४० प्रतिशत दर्शकको भोटमार्फत प्राप्त ४० अंकबाट १५ जना उत्कृष्ट प्रतिस्पर्धी छानिएका हुन् ।

१५ जना उत्कृष्ट प्रतिस्पर्धीहरूमा युवराज गुरुङ (क्यानडा), बीबी मल्ल ठकुरी (कुवेत), नरेन्द्र मल्ल (कतार), सन्देश गुरुङ (अमेरिका), गोविन्द गुरुङ (कतार), आकाश न्यौपाने (जापान), कविता आरबिएम (युएई), सुरेन घताङ ‘शिव’ (कोरिया) रहेका छन् ।

त्यसैगरी, कपिल पाइजा पुनमगर (आयरल्याण्ड), सागर विश्व सेञ्चुरी (कुवेत), रामचन्द्र राई (कतार), कृष्ण खवास (युएई), प्रतीक सिडब्ल्यूए परियार (बहराइन), सतिश थापा (कतार) र रेशु स्याङतान (बहराइन) उत्कृष्ट २० मा परेका छन् ।

एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीका अनुसार निर्णायकको मत र भोटिङमार्फत प्रतिस्पर्धीहरुलार्ई अघिल्लो चरणका लागि अघि बढाइएको बताएका छन् । एनआरएनए मध्यपूर्व युवा संयोजक राज रेग्मीको अध्यक्षतामा शुक्रबार सम्पन्न गाला राउन्डको तेस्रो चरणमा २० जना प्रतिस्पर्धीहरुले प्रस्तुति दिएका थिए ।

गैरआवासीय नेपाली संघको काठमाडौंस्थित मुख्यालयमा औपचारिक कार्यक्रम गरेरै डिजिटल अडिसनका लागि छानिएका प्रतिस्पर्धीको घोषणा गर्ने तय भएपनि कोरोना प्रकोपलाई दृष्टिगत गरी भर्चुअलमार्फत् गरिएको रेग्मीले बताएका छन् ।

रेग्मीका अनुसार ग्लोबल एनआरएन सिंगिङ आइडलमा निर्णायकको मत ६० प्रतिशत र भोटिङमार्फत ४० प्रतिशत अंक प्राप्त गर्नेछन् । सोही आधारमा प्रतिस्पर्धी अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।  ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले ७ लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने छ ।

‘दोस्रो पुस्ता नै संगीतको भविष्य’

गैरआवासीय नेपाली संघ एनआरएनए आइसीसीका सल्लाहकार एवं पूर्व उपाध्यक्ष कुल आचार्यले नेपाल ग्लोबल एनआरएन सिंगिङ आइडलले विश्वभरि रहेका दोस्रो पुस्ताका नेपाली युवाको संगीतप्रति लाग्न प्रेरणा दिएको बताएका छन् । 

कार्यक्रमका प्रमुख अतिथि आचार्यले गीत गाएर आफ्नो सम्बोधनको शुरु गर्दै नेपाली कला र संगीतलाई विश्वभरिका नेपालीले अझै परिष्कृत ढंगले अघि बढाउनुपर्ने बताएका हुन् । 

‘नेपाली संगीतको सुनौलो भविष्यको सम्भावनाको खोजी ग्लोबल एनआरएन सिंगिङ आइडलले गरिरहेको छ, गैरआवासीय नेपालीहरूको दोस्रो पुस्ताले नै नेपाली संगीतलाई अघि बढाउनुपर्छ, हामीले गर्ने सहयोग सधैं सम्पूर्ण रुपमा हुनेछ’ आचार्यले भने ।

गैरआवासीय नेपाली संघका मध्यपूर्व संयोजक प्रवीण गुरुङले देशबाहिर रहेका नेपाली युवा संगीतकर्मीहरूलाई ग्लोबल एनआरएन सिंगिङ आइडलले नवीन उर्जा प्रदान गरेको बताएका छन् । यो खबर रातो पार्टीले प्रकाशित गरेका छन ।