अध्यक्षमा बुद्धि मेवाहाङ राईलाइ चयन गर्दै किरात राई यायोक्खा शाखा युएईको आठौं अधिवेशन सम्पन्न

परदेशी खबर/अगष्ट २१, युएई। किरात राई यायोक्खा शाखा युएईको आठौं अधिवेशन जुम मार्फतनिवर्तमान अध्यक्ष चन्द्रकला साम्पाङ राईको सभापतित्वमा   किरात राई यायोक्खा शाखा युएईकासंस्थापक संरक्षक मुक्ती राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

उक्त अधिवेशन खुल्ला सत्रमा निवर्तमान अध्यक्ष चन्द्रकला साम्पाङले सम्बोधन गर्दै  संस्थाको प्रगतीबिवरण, आर्थिक प्रतिबेदन प्रस्तुत गरि संस्थागत स्वामित्वमा रहेका सम्पुर्ण संस्थागत  जिन्सीसामानहरु विवरण सार्वजनिक गरे पश्चात्  निर्वाचन बन्द सत्र सुरु भएको थियो।

किरात राई यायोक्खा शाखा युएईको गत शुक्रबार मुल कार्यसमितिले किरात राई यायोक्खा शाखायुएईका संस्थापक संरक्षक मुक्ति राईको संयोजकत्वमा संस्थापक महासचिव राजकुमार राई भुपुकिरात राई यायोक्खाका अध्यक्ष एवं  सल्लाहकार हर्क जङ किराँती सम्मिलित सदस्यीय निर्वाचनसमिति चयन  गरेको थियो। उक्त निर्वाचन समितिले आन्तरिक तयारी कार्य पूरा गरि आठौंकार्यकालको लागी नयाँ कार्यसमिती चयन गरेको छ।

निर्वाचन समितिले नयाँ कार्यसमितिमा अध्यक्ष पदमा बुद्धि मेवाहाङ राई (ओबेग) ,उपाध्यक्ष पदमाबिजयालक्ष्मी राई सरु शितल राई लाई चयन गरेको छ।

त्यसैगरी  महासचिवमा अर्जुन राई ,सचिवमा नरेश राराहाङ राई ,कोषाध्यक्षमा माया चाम्लिङ  राई, सहकोषाध्यक्षमा धनिराम चाम्लिङ राई   प्रबक्तामा धनकृष्ण मेवाहाङ राई लाई चयन गरेको भने सदस्यहरुमा पदम खालिङ ,कल्याण राई,बर्षात नेहाङ ,काजल राई ,अन्जु राई ,साबित्रा राई,अमृता राई ,कोपिला राई  विशाल राई लाई चयन गरेको

नव निर्वाचित कार्यसमिति लाई किरात राई यायोक्खा शाखा युएईका संस्थापक संरक्षक मुक्ती राई, संस्थापक महासचिव राजकुमार राई,भुपु अध्यक्ष एवं  सल्लाहकार हर्कजङ किराँती, निवर्तमानअध्यक्ष चन्द्रा साम्पाङ, सल्लाहकार भगवती चाम्लिङ  किरात यायोक्खा शाखा युएई  अलऐनक्षेत्रीय कार्यसमितिका सचिव शम्भु बाछाना राईले बधाई तथा सफल कार्यकालका लागी बधाई तथाशुभकामना दिएका थिए

नव निर्वाचित अध्यक्ष बुद्धि मेवाङ राई (ओबेग) ले आफ्नो कार्यभार पूरा गर्न जिम्मेवार भएर टिमसंगलागी पर्ने उल्लेख गर्दै सबैको साथ सहयोगको अपेक्षा गरेको बताए।






Related Posts
  • प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित
  • राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन
  • घुन्सा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा,सम्झनामा दीप प्रज्वलन
  • नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस