दुवै मृगौला पिडित जयराम शाहिलाइ मोरङ सुनसरी सेवा समाज कुवेतद्वारा आर्थिक सहयोग


परदेशी
खबर/ अगष्ट १६, कुवेत
विगत बर्षदेखी दुवै मृगौला ब्रिगीएर थलिएका लेटाङबुधबारेका जयराम शाही ठकुरीको उपचारका लागि मोरङ सुनसरी सेवा समाज कुवेतले ५३ हजार सय रुपैयाँ आर्थिक सहयोग गरेको छ। लामो समय देखि पिडामा छटपटी रहेका शाहिले पैसा भएनयाँ जिवन पाउने बताउँदै देश विदेशमा रहेका नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ सहयोगकोअपिल गरेपछी मोरङ मोरङ सुनसरी सेवा समाज कुवेतले उपेन क्षेत्रीको संयोजकत्वमा कुवेतबाटआर्थिक सहयोग संकलन अभियान सन्चालन गरेको थियो।

अभियानमा संकलन भएको १३८ कुवेती दिनार आज मोसु केन्द्रका पदाधिकारीहरुले पिडित निवासमापुगेर हस्तान्तरण गरेका छन। सो सहयोग रकम हस्तान्तरण गर्नका लागि मोसु केन्द्रबाट उपाध्यक्षबिबेक भट्टराई, महासचिव ललित बहादुर निरौला, कार्य समिति सदस्य योगनारयण सिक्दार निबर्तमान अध्यक्ष रामनाथ भन्डारि पिडित शाही निवास पुगेका थिए।

रकम हस्तान्तरणको क्रममा आफ्नो क्षमताले भ्याए सम्म खर्च गरिसकेको ऋणपानको लागि पनिअब कतै ठाउँ नरहेपछि मिडीयाको साहारामा आएको जयरामकी श्रीमती गंगा ठकुरीले बताईन् थप्दै उनले भनिनमेरो दिन श्रीमानको स्याहार सुसारमै बित्छ, छोराछोरी पनि सानै उमेरका छन्,उनले घरको मुली नै बिरामी भएर लडेपछि घर व्यबाहार धान्न निक्कै गाह्रो भएको बताइन।

पिडित शाही हरेक हप्ता डाइलसिसका लागि बिराटनगरस्थित नोवेल हस्पिटलमा जाने गरेका छन्।

देश विदेशको जुनसुकै कुनाबाट पनि पिडित जयराम शाहिलाइ सहयोग गर्न चहानुहुन्छ भने कृपया  उनकी श्रीमति गंगालाई मोवाइल नम्बर 9864255451 मा सम्पर्क गर्न सक्नुहुएनेछ। वा सिधै कृषिविकास बैंकको खाता नम्बर ०६०२२०१८६००६२०१८ सहयोग रकम जम्मा गराएर पनि सहयोग गर्नसक्नुहुनेछ।






Related Posts
  • प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित
  • राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन
  • घुन्सा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा,सम्झनामा दीप प्रज्वलन
  • नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस