आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

इन्डियन आइडल २०२१ काे उपाधि पवनदीप राजनलाई

परदेशी खबर ३२ श्रावण २०७८, सोमबार १४:११ मा प्रकाशित ( २ साल अघि) ३१८ पाठक संख्या

रियालिटी शो इन्डियन आइडलको १२ औं सिजनको विजेता घोषणा गरिएको छ । भारतको उत्तराखण्डका पवनदीप राजनले इन्डियन आइडलकाे उपाधि जितेका छन्। 

पवनले अन्य प्रतिस्पर्दी अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो, सनमुख प्रिया, र सायली काम्बलेलाई भोटमा पछि पार्दै उपाधि जितेका हुन् । उनलाई २५ लाखको ट्रफी र पुरस्कार राशि प्रदान गरिएको छ।

आइतबार राती भएको अन्तिम प्रतिस्पर्दामा अरुणिता कांजीलाल र सायली काम्बले इन्डियन आइडलको १२ औं सिजनको उपविजेता बनेका छन् । यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।