केपी ओलीको सिको गर्दै बालुवाटारमै बस्यो मन्त्रिपरिषद बैठक

पूर्ववर्ती सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बालुवाटारस्थित सरकारी निवासमा राख्ने गरेका थिए । आफ्नो साढे तीन वर्षे कार्यकालमा ओली सिंहदरबारमा बिरलै आए ।

अहिले तिनै ओलीको सिको गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफ्नै निवासमा मन्त्रिपरिषद बैठक राख्ने क्रम सुरु गरेका छन् । मंगलबार मन्त्रिपरिषदको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नबसेर बालुवाटारस्थित प्रधानमन्त्री निवासमै बसेको थियो ।

बालुवाटारमा बसेको बैठकले बालुवाटारबाटै विभिन्न नियुक्तिहरु गरेको छ ।

यसअघि सत्तारुढ पार्टीका बैठकहरू समेत बालुवाटारमा हुने गरेको भन्दै केपी ओलीको आलोचना भएको थियो । देउवाले पनि प्रधानमन्त्री बन्नासाथ काँग्रेस पदाधिकारीको बैठक बालुवाटारमै राखेपछि उनको पनि आलोचना भएको थियो । त्यसपछि देउवाले पार्टीको बैठक बालुवाटारमा नराख्ने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यसअघि नै बताइसकेका छन् ।

पार्टीको बैठक सरकारी निवास बालुवाटारमा नराख्ने भनिए पनि पाँच दलीय गठबन्धनको बैठक भने बालुवाटारमै बस्दै आएको छ ।

साथै मन्त्रिपरिषदको बैठक पनि मंगलबार सिंहदरबारमा नबसेर प्रधानमन्त्रीको निवासमै बसेको हो । यो खबर रातो पार्टीले प्रकाशित गरेका छन ।  






Related Posts
  • कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु
  • यी हुन् ‘द भ्वाइस किड्स’का ४ कोच
  • बुटवलका मेयरमाथि पहिरो पीडितले गरे मुक्का प्रहार
  • संखुवासभा हत्याकाण्ड : यसरी भएको थियो कार्की परिवारको हत्या
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस