तमू समाज युएईको १२ औं महाधिवेशन सम्पन्न,अध्यक्षमा नन्द जङ्ग गुरुङ सर्वसम्मत चयन

परदेशी खबर/ जुलाई २४, युएई। तमुहरु (गुरुङ) को गौरवमय संस्था तमू समाज युएईको १२ औंमहाधिवेशन भर्चुअल मार्फत सम्पन्न भएको विश्वव्यापी रुपमा फैलिएको कोभिड१९ कोमहामारी जोखिमलाई मध्यनजर राखी युएईको स्थानीय सरकारले जारी गरेको निर्देशिकाहरुकोपुर्ण रुपमा पालना  गर्दै भर्चुअल मार्फत नन्द जंग गुरुङको अध्यक्षता २३ सदस्यीय नयाँ कार्यसमितिचयन  भएको छ।

उक्त १२ औं महाधिवेशन कार्यक्रम संस्थाका केन्द्रिय  अध्यक्ष उषा गुरुङको सभापतित्वमा सम्पन्नभएको थियोे कार्यक्रममा प्रमुख अतिथि  संस्थाका संरक्षक राजु गुरुङ,बिशेष अतिथिमा संस्थाकाप्रमुख सल्लाहकार डेर राज गुरुङ , अतिथिहरुमा संस्थाका सल्लाहकार श्याम गुरुङ,सल्लाहकार तारा गुरुङ,अबुधाबी क्षेत्रीय समितिका अध्यक्ष नन्द कुमार गुरुङ दुबई क्षेत्रीय समितिका अध्यक्षराजु गुरुङ रहेको थियो

संस्थाका सल्लाहकार श्याम गुरुङले स्वागत मन्तव्य राखेका थियो भने स्वागत मन्तव्य  संगै शुरुभएको उद्घाटन सत्रको कार्यक्रममा संस्थाको प्रगति विवरण सहित ११ औं कार्यसमितिको सम्पूर्णगतिविधिहरु बूँदागत रुपमा आर्थिक प्रतिवेदन  कोषाध्यक्षको हैसियतले अध्यक्ष उषा गुरुङले पेशगरेका थिए

दोश्रो चरणको बन्द सत्र अन्तर्गत संस्थाका संरक्षक राजु  गुरुङको संयोजकत्वमा बनेको निर्वाचनसमितिका सदस्य संस्थाका प्रमुख सल्लाहकार डेर राज गुरुङ मानु कोन्मे गुरुङको निर्वाचनसमितिले २३ सदस्यीय ( पदपूर्ति बाँकी)  नयाँ कार्यसमिति चयन गरेको छ।

नयाँ कार्यसमितिमा अध्यक्षमा नन्द जङ्ग गुरुङ, वरिष्ठ उपाध्यक्षमा अमृत  गुरुङ, उपाध्यक्षमा नन्दकुमार  गुरुङ, महिला उपाध्यक्षमा उर्मिला गुरुङ ,महासचिवमा राजु गुरुङ ,सचिवमा प्रवीण  गुरुङ,कोषाध्यक्षमा याम गुरुङ (दुबई), सहकोषाध्यक्षमा आशिक गुरुङ (संजय), सांस्कृतिक बिभागप्रमुखमा किरण गुरुङ, सांस्कृतिक बिभाग उपप्रमुखमा आश गुरुङ, सदस्यहरुमा ममता गुरुङ,यामगुरुङ (अबुधाबी), बुद्ध  गुरुङ, टीकाराम गुरुङ ,युवराज गुरुङ (कैलास),रमेश गुरुङ,प्रभात गुरुङ,ग्रीष्मगुरुङ,नितु गुरुङ सृजना गुरुङ रहेका छन्

कार्यक्रम संस्थाका सल्लाहकार तारा गुरुङले संचालन गरेका थिए भने बन्द सत्रमा निर्वाचन समितिसदस्य डेरराज गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए

 






Related Posts
  • प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित
  • राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन
  • घुन्सा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा,सम्झनामा दीप प्रज्वलन
  • नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस