आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

कुवेतमा एक हप्तामा तीन जना नेपालीको मृत्‍यु

परदेशी खबर ७ श्रावण २०७८, बिहीबार २३:०८ मा प्रकाशित ( २ साल अघि) ६०२ पाठक संख्या

कुवेत /कुवेतमा एक हप्तामा तीन जना नेपालीको मृत्‍यु भएको छ । मृत्‍यु हुनेहरुमा लमजुङका अमिर तामाङको हृदयघातका कारण मृत्यु भएको हो भने धनकुटाकी सुमित्रा तामाङले आत्महत्या गरिएको खबर प्राप्त भएको छ । 

गत जुलाई १९ सोमबारका दिन अमिरको कोठामा सुतेकै अवस्थामा मृत्यु भएको हो भने सुमित्राले २० तारिकमा साल्मिया एरियामा आत्महत्या गरेकि हुन । सिराहाका राजिउल्लाह मोहम्मदको मृत्यु भएको पुष्टि भएको छ। गत आइतबार hardees pizza मा बाइक ड्राइभरको रुपमा काम गर्दै आएका राजिउल्ला मोहमदको सवारी दुर्घट्ना मृत्‍यु भएको हो ।  

लमजुङ जिल्लाबाट जारी भएको ०६९५३३३५ नम्बरको राहदानी वाहक २५ वर्षीय तामाङको १९ जुलाई २०२१ का दिन कोठामा सुतेकै अवस्थामा मृत्यु भएको हो । 

५ वर्ष पहिले रोजगारीका सिलसिलामा कुवेत आएका तामाङले गत नोभेम्बर २०२० मा घर जान्छु भनी कम्पनीबाट पासपोर्ट लिएका थिए तर उनी घर नफर्की कम्पनीबाट भागि अबैधानिक रुपमा लुकीछिपी कुवेत बस्दै आएका थिए ।

भने सुमित्रा तामाङ (१०६६७३०१)अन्यबाटो हुँदै कुवेत आएको हुदा पुर्ण विवरण प्राप्त हुन सकेको छैन । नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालले मृतकहरुको शवलाई नेपाल पठाउनका लागि कानूनी प्रकृयाका कामहरु अगाडि बढाईसकिएको हुदा परिवारलाई सम्पर्कमा आउन अनुरोध गरेकाछन ।