मेलम्ची,हेलम्बु र पाँचपोखरीका बाढी प्रभावितहरुलाई आर्थिक सहयोग

हरी कृष्ण न्यौपाने/साउन , सिन्धुपाल्चोक सिन्धुपाल्चोक घर भई रोजगारी तथा ब्यापारब्यवसायका क्रममा दक्षिण कोरिया, कुवेत यूएईमा रहेका नेपालीहरुको सकृयता,समन्वय पहलमा मेलम्ची,हेलम्बु पाँचपोखरीका बाढी प्रभावितहरुका लागि संकलन गरिएको सहयोग रकमप्रभाबितहरुलाई बितरण गरिएको छ।मेलम्ची,हेलम्बु पाँचपोखरीका प्रभाबितहरुलाई स्थानियनिकायका पधाधिकारीको रोहबरमा साउन गते (जुलाई २१,२०२१)बुधबारका दिन उक्त आर्थिकसहयोग हस्तान्तरण गरिएको हो।

सिन्धुपाल्चोक सेवा समाजयूएई, सिन्धुपाल्चोक समाजदक्षिण कोरिया सिन्धुपाल्चोक सेवासमाजकुवेतको पहल अनुरोधमा संकलन गरिएको रकमबाट असार गते मेलम्ची नदीमा आएकोबाढीबाट पूर्ण प्रभावित(पूर्ण रुपले घर बगाएका)हरुलाई वडा तथा गाउपालिक कार्यालयबाट प्राप्तविवरण अनुसार आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।

हेलम्बु गाउँपलिका वार्ड नं का १४ परिवार,मेलम्ची नगरपालिकाका वार्ड नं६का परिवार,मेलम्चीनगरपालिकाका वार्ड नं१० का १९ परिवार,पाँच पोखरी गाउँपालिका वार्ड नं का १५ परिवारलाईप्रति परिवार हजारका दरले आर्थिक सहयोग गरिएको हो।मेलम्ची वार्ड नं१० मा भने प्रभाबितकोसंख्या पहिले उपलब्ध गराइएको भन्दा बढी भए पछी प्रती परिवार हजारको दरले आर्थिक सहयोगगरिएको हो। त्यसै गरी भौतिक संरच्नना बजार सुरक्षित बनाउनका लागि मेलम्ची भ्यालीक्याम्पसका लागि ४० हजार मेलम्ची बजार पुनर्निर्माण सरोकार समितीका लागि ५० हजार नगदसहयोग गरिएको थियो।

त्यसै गरी सिन्धुपाल्चोक समाजदक्षिण कोरियाले बाढीपहिरोका कारण मृत्‍यु भएका मृतकका १४परिवारहरुलाई यस अघीनै प्रती परिवार १० हजार नगद सहयोग गराएकोमा छुट्नु भएकापाँचपोखरी२का मृतक ठकुरी स्याङ्बो जुगल गाउपालिकाका मृतकहरु गीता थापा अनी सुदिपथापा (आमाछोरा)का परिवारलाई पनि प्रती परिवार १० हजारका दरले नगद सहयोग हस्तान्तरणगरिएको छ।

यस अघी पनि बाढीबाट प्रभाबित हेलम्बु वडा नं. का २३, वडा नं का ४३, वडा नं. का २६ वडानं का परिवारलाई प्रती परिवारका पाँच हजारका दरले सहयोग गरिएको थियो।तेर्स्रे माबीतालामाराङलाई ४० हजार,ईस्ट पोईन्ट एकेडेमीग्याल्थुङलाई ९० हजार,सरस्वती माबीग्याल्थुङलाई४० हजार तथा उच्च जोखिम रहेको चनौटे बजार बचाउन ४० हजार यस अघीनै सहयोग गरिएकोथियो।

सहयोग हस्तान्तरणका लागि हेलम्बुका स्थानिय सामाजिक ब्यक्तित्वहरु कुमारप्रसादलामिछाने,सोम तामाङ,रेडियो मेलम्चीका अध्यक्ष डम्बर रशिक भारती,बार्हबिसेजुरेका सामाजिकब्यक्तित्व प्रदिप पौडेल, यूएई प्रतिनिधि हरी दुलाल कुवेत प्रतीनिधी हरी कृष्ण न्यौपानेलेसहजिकरण गरेका थिए।






Related Posts
  • प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित
  • राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन
  • घुन्सा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा,सम्झनामा दीप प्रज्वलन
  • नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस