साउदी अरेबियाको दमाममा राहदानी आवेदन संकलन अस्थायी शिविर सञ्चालन गर्दै (विस्तृत जानकारी सहित)

पादेशी खबर/ २२ जुलाई। नेपाली राजदूतावास रहेको शहर(रियाद) भन्दा टाढा अहेको सेवाग्राहीलाई पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्य अनुरुप नेपाली राजदूतावास साउदी अरेबियाले दमाममा राहदानी आवेदन संकलन अस्थायी शिविर सञ्चालन गर्ने भएको छ।

यसअघि साउदी अरबका विभिन्न शहरमा राहदानी आवेदन संकलन अस्थायी शिविर सञ्चालन गरिसकेको छ । यसै सिलसिलामा देहायको मिति, स्थान र समयमा दमाममा राहदानी आवेदन संकलनका लागि अस्थायी शिविर सञ्चालन गरिने जानकारी नेपाली राजदूतावास जनाएको छ ।

विस्तृत जानकारी

स्थानः- Al Asemah Rest-house for Festivals
Al Faisaliah, Dammam
लोकेशनः https://goo.gl/maps/GzZa6gu8b8McW9Ti9
मितिः शुक्रबार १३ अगष्ट २०२१
समयः बिहान ७ बजे देखि बेलुका ७ बजेसम्म
राहदानी आवेदनका लागि आउँदा अनिवार्यरुपमा साथमा ल्याउनुपर्ने कागजातहरूः
१. सक्कल राहदानी
२. राहदानीमा आफ्नो फोटो भएको पेज र पेज नं. ३१ को फोटोकपि एक/एक प्रति
३. नागरिकताको फोटोकपि एक प्रति (अगाडि र पछाडि दुबै पेज एउटै पानामा आउने गरी)
राहदानी दस्तुर साउदी रियाल- २००।–
राहदानी हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भए साउदी रियाल-४००।-
महत्वपूर्ण नोटः साउदी अरबमा कोभिड-१९ महामारीको जोखिम कायमै रहेको हुंदा राहदानी आवेदनका लागि अस्थायी शिविरमा आउँदा भिडभाड नगर्न नगराउनु हुन राहदानी आवेदनको लागि आउँदा सम्बन्धित व्यक्ति मात्र आउनु हुन समेत अनुरोध छ ।

May be an image of text






Related Posts
  • प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित
  • राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन
  • घुन्सा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा,सम्झनामा दीप प्रज्वलन
  • नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस