आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024
FLASH NEWS

शिल्पाको श्रीमानले फसाउन खोजेको युवती भन्छिन जेलमै सडोस

परदेशी खबर ७ श्रावण २०७८, बिहीबार १४:३८ मा प्रकाशित ( २ साल अघि) ४९५ पाठक संख्या


साउन ७,काठमाण्डौ / शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रा लगातार समस्यामा फस्दै गइरहेका छन् ।पोर्न भिडियो प्रकरणमा फसेका कुन्द्रालाई मुम्बई क्राइम ब्रान्चले धेरै प्रमाणहरु फेला पारेको छ । २३ जुलाईसम्म उनी प्रहरी हिरासतमै रहनेछन् ।

धेरै मानिसहरुले उनीमाथि गम्भिर आरोपहरु लगाइरहेका छन् । भर्खरैमात्र युट्युबर पुनित कौरले पनि राज कुन्द्राबारे नयाँ खुलासा गरेकी छिन् । उनका अनुसार राज कुन्द्राले ‘ह्वाट्स एप’ का लागि भिडियो सुट गर्न भन्दै म्यासेज गरेका थिए ।

यी युवतीले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत फ्यानहरुलाई सोधेकी छिन्, ‘के तपाईहरुलाई हाम्रो भेरिफाईड डिएम भिडियो याद छ ? जहाँ राजले ह्वाट्स एपका लागि काम गर्ने अफर मलाई दिएका थिए । म राजको अहिलेको खुलासा देखेरु हैरान भएको छ ।’

पुनितले अर्को इन्स्टा स्टोरीमा लेखेकी छिन्,‘यी मानिसहरुले अरुलाई फसाइरहेका थिए । युवतीहरुलाई लालच देखाउँथें, जब उनले मलाई म्यासेज गरेका थिए, तब पहिले त मलाई त्यो स्पाम हो भन्ने लागेको थियो । भगवान्, यो मानिस जेलमै सडोस् ।’

मंगलबार मुम्बई पुलिसले बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्रलाई पोर्नोग्राफी भिडियो बनाउने र सार्वजनिक गर्ने गरेको आरोपमा पक्राउ गरेको छ । मुम्बई क्राइम ब्रान्चका अनुसार लकडाउनका दौरान कुन्द्राको व्यापार राम्रै चलिरहेको थियो । उनले एक दिनमा ६ देखि ८ लाख भारुसम्मको व्यापार गर्ने गरेका थिए । एजेन्सी