पछिल्लो २४ घण्टामा १,५९५ निको हुँदा ३,१०८ कोरोना संक्रमित थपिए

साउन ५,काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा ३१ सय बढी कोरोना भाइरसका संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ हजार १३५ जनाको परीक्षणबाट ३१ सय ८ संक्रमित थपिएको जानकारी दिएको छ ।

परीक्षणको २३ दशमलव ६७ प्रतिशतमा संक्रमण देखिएको हो । जसमा पीसीआरबाट मात्रै २२ सय २ जना थपिएका हुन् । काठमाडौं उपत्यकामा संक्रमित ह्वात्तै बढेका छन् । मंगलबार काठमाडौंमा ५३१, ललितपुरमा १४७ तथा भक्तपुरमा ४१ जना थपिएका हुन् । त्यस्तै मोरङ्गमा २५२, झापामा १७८, सुनसरीमा १६५ तथा कास्कीमा १२६ जना थपिएका छन् ।

मंगलबार २५ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट ९ हजार ६०७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १,५९५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । हाल सक्रिय संक्रमित बढेर २६ हजार ४ सय १९ पुगेका छन् ।






Related Posts
  • तमू समाज युएईको १२ औं महाधिवेशन सम्पन्न,अध्यक्षमा नन्द जङ्ग गुरुङ सर्वसम्मत चयन
  • लक्ष्मी गिरि एनआरएनए बहराइनको अध्यक्षमा पुन: निर्वाचित
  • राणाद्वाज लामालाई अध्यक्षमा चयन गर्दै एनआरएनए कुवेतको सातौँ महाधिवेशन सम्पन्न
  • ओलम्पिकको टोकियोमा औपचारिक उद्घाटन ( फोटो फिचर)
  • पछिल्ला सम्प्रेसणहरु

    वैदेशिक रोजगारमा जाने कामदारलाई खोप दिन दुई अस्पताल तोकियो

    केपी ओलीको सिको गर्दै बालुवाटारमै बस्यो मन्त्रिपरिषद बैठक

    टुंगिदै जसपा विवाद: यादव समूहको पक्षमा वहुमत

    बिजनेष

    ह्याक गर्ने धम्कीपछि ब्याङ्किङ प्रणालीमा ‘उच्च सुरक्षा सतर्कता’

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस