नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक भोलि फेरि बस्ने गरी सकियो

साउन ५, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक भोलि फेरि बस्ने गरी सकिएको छ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दुई दिनदेखि जारी बैठकमा पार्टीमा उत्पन्न समस्या समाधानको निम्ति गठित कार्यदलका संयोजक सुवास नेम्वाङले पार्टी एकताका निम्ति गरिएका प्रयासबारे जानकारी दिएको जानकारी दिए। बैठकले १० बुँदे प्रस्तावलाई सिर्जनात्मक ढंगबाट कार्यान्वयन गर्ने उनले जानकारी दिए। यद्यपि कार्यदल भने विघटन भइसकेको छ।

यस्तै बैठकमा प्रदेश कमिटी अध्यक्षले पेश गरेको रिपोर्टबारे जानकारी लिएको पनि उनले बताए।

यसैगरी भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले आयोगले अहिलेसम्म के काम गरेको छ भन्नेबारे जानकारी गराएको उनले बताए।

बैठकले भोलि पर्ने इस्लाम धर्मावलम्बीहरूलाई पार्टीको तर्फबाट शुभकामना दिइएको उनले जानकारी दिए।

बैठक भोलि फेरि ३ बजे बस्नेछ।






Related Posts
  • तमू समाज युएईको १२ औं महाधिवेशन सम्पन्न,अध्यक्षमा नन्द जङ्ग गुरुङ सर्वसम्मत चयन
  • लक्ष्मी गिरि एनआरएनए बहराइनको अध्यक्षमा पुन: निर्वाचित
  • राणाद्वाज लामालाई अध्यक्षमा चयन गर्दै एनआरएनए कुवेतको सातौँ महाधिवेशन सम्पन्न
  • ओलम्पिकको टोकियोमा औपचारिक उद्घाटन ( फोटो फिचर)
  • पछिल्ला सम्प्रेसणहरु

    वैदेशिक रोजगारमा जाने कामदारलाई खोप दिन दुई अस्पताल तोकियो

    केपी ओलीको सिको गर्दै बालुवाटारमै बस्यो मन्त्रिपरिषद बैठक

    टुंगिदै जसपा विवाद: यादव समूहको पक्षमा वहुमत

    बिजनेष

    ह्याक गर्ने धम्कीपछि ब्याङ्किङ प्रणालीमा ‘उच्च सुरक्षा सतर्कता’

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस