आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

यो ब्रह्माण्डनै किन बन्यो ? अझ यसमा हामी किन बन्यौं ?

परदेशी खबर ४ श्रावण २०७८, सोमबार १८:०७ मा प्रकाशित ( २ साल अघि) ४२८ पाठक संख्या

 – युबक राई – कहिलेकाही यसो अनन्त यो ब्रह्माण्डमा भुलिने कोशिस गर्छु । आफ्नो समझशक्तिलाई कल्पनाको माध्यमले लाईटको गति मभन्दा पनि हजारौं गुणा तेज बनाएर । अनि एउटा बिन्दु बाट शुरु गर्छु यो अनन्त ब्रह्माण्डलाई बुझ्न । सुरुवातमा ” सुन्यतामा एकाएक अस्तित्व देखा पर्यो अनि अस्तित्वमा चेतना ।”  त्यहीँ चेतनाको एउटा स्थितिमा आई सके पछि आज मानवले आफ्नो लागि मात्र नभई आफ्नो परिवार, समाज , देश , बिश्व, सुर्य मन्डल , ग्यालेक्सी , ग्यालेक्सीको समूह हुँदै ब्रह्माण्ड र अझ दृश्य  ब्रह्माण्ड र अदृश्य ब्रह्माण्ड सम्म सोच्न थाली सकेको अवस्था छ । यो निकै उत्साहजनक , उत्तसाहित र यो सबै कुरा किन अस्तित्वमा छ भन्ने सत्यको लागी सुखद सुरुवात हो। 

जब देखि मैले पृथ्वीभन्दा बाहिर सोच्न थाले । त्यो समय यदि कुनै एउटा शक्तिले म तिमीलाई दुइवटा तिमीले जे मागे पनि पूरा गर्दिन्छु भन्यो भने म पहिले यो पृथ्वीमा कुनै पनि प्राणीले उसको पूरा जिवनकालभरीमा सुख , सान्त र आज भन्दा भोलि , भोलि भन्दा पर्सि अझ रमाएर बाच्न सकोस र दोस्रो यो ब्रह्माण्ड कत्रो छ ? अझ यो हाम्रो ब्रह्माण्ड भन्दा बाहिर अझ के के रोचक कुरा छ्न ?  यसको अन्तिम बिन्दु छ या छैन ? यो पूरा होस भनी माग्थे। यस्तो सोचमा मैले कयौं बर्ष बिताए। तर जब youtube को बिकास भयो तब धेरै हदसम्म मैले यस दृश्य ब्रह्माण्डको सुरुवात देखि कहिले सम्ममा अन्त हुन्छ भन्ने धेरै तथ्यको जानकारी पाए। तर यो त अहिलेसम्मको हाम्रो आविष्कारको रिजल्ट मात्र हो। भोलि यो भन्दा कयौं गुणा रिजल्ट दिने कयौं आविष्कार हुनेछन् । जुन समयमा हामीले बुझेका वा धेरै हदसम्म सत्य मानेका धेरै कुरा थोरै मात्र सत्य हुन सक्छन् वा गलत। त्यो भबिस्यमा हाम्रो पुस्ताले जाच गर्लान।

तर मलाई के लाग्छ भने यी सबै कुरा यस्तो अनन्त खुल्ला ठाउँमा तेतिकै बनेको छैन । सायद एउटा अनन्त शक्ति छ ( जसलाई हामी इस्वर(god) भन्छौं ।) जसले यो सबै सृष्टि गरेको छ। र अझ मलाई के लाग्छ भने हाम्रो जस्तैः ब्रह्माण्ड असंख्य अरु पनि छन । ( समानान्तर ब्रह्माण्ड वा बेलून जस्तै अन्य ब्रह्माण्ड पनि छ्न भन्ने पनि कतै कतै सुन्न थालिएको छ। चाहे त्यो काल्पनिकनै किन नहोस अहिलेसम्म। ) जसलाई यस्तो तरिकाले सृजना गरिएको छ । जहा यति धेरै रहस्य र जिज्ञासा्पुर्ण छ कि जसलाई जति धेरै बुज्दै गयो उति नबुझीने तर अझ बुझ्न मन लागी रहने । र सायद हरेक ब्रह्माण्डमा यो सबै सृष्टि किन बनियो र कसले बनायो भनी बुझ्न सकोस भनी सजिब चेतनाको बिकास हुन पृथ्वी जस्तैः अन्य ग्रह हरु बनेका छ्न । हरेक पृथ्वीजस्तैः ग्रहमा हुने चेतनाले आआफ्नो ब्रह्माण्डको पूरा रहस्य छिटो पत्ता लगाएर अनन्त शक्ति सम्म पुग्नु सायद अन्तिम सत्य हो । तर हामी परिवार , आफन्तको देखासेखी , जात , धर्म , राजनीति , सिमाना , बिश्व शक्ति केन्दिकृत लगायतमै अल्झिरहेका छौ।

  एक पल्ट सोचौं त के यो अनन्त सुन्यतामा तेतिकै अनु , परमाणु , एटम , न्युटोर्न, प्रोटान, इलेक्ट्रोन , प्लाजमा आदि बाटै मात्र बिगब्याङको  (Big Bang) आधार तयार भएको हो ? हैन , पक्कै हैन यसमा एउटा अनन्त शक्ति छ । सायद त्यो शक्ति सम्म पुग्न कुनैपनी ग्रहको सजिब चेतनालाई अझ अर्बौं बर्ष लाग्न सक्छ। र मलाई लाग्छ त्यो शक्तिलाई पत्ता लगाई सके पछि त्यो शक्तिनै किन बन्यो र कसरी भन्यो भन्ने अर्को यात्रा शुरु हुनेछ। अझ उन्नत चेतनाको। 

अन्तमा , यो खुल्ला अनन्त ब्रह्माण्डमा एउटा बालुवाको कण जत्रो ग्रह जसलाई हामीले पृथ्वी भन्छौं । त्यसको बाहिर सतहमा बसेर कुन बेला डायनासोरको जस्तैः हाम्रो भुत,बर्तमान,भबिस्यनै विलीन पार्दिने गरि महा घटना घट्न सक्छ । र हामीले स्वतन्त्र रुपमा आफुलाई तेस घटनामा समर्पित गर्न बाहेक केही गर्न नसक्ने ले किन सबै प्रा‍णीलाई बाडेर , बाटेर सान्तले बस्नु पर्ने हाम्रो ग्रहमा एकलौटी शक्ति , सुख , सम्मानको लागी प्रतिस्पर्धा गरिरहेका छौं ? अब एउटा राम्रो अवसर छ हाम्रो अघि । कोरोना अघि र कोरोना पछिको बिश्वको , राजनीतिको , बिज्ञानको , समाजको समिक्षा र सम्भावनाको बहस पहिलो प्राथमिकता राखी अघि बढे अनन्त शक्तिको खोजीको बाटोमा फेरि हिड्नेछौ।