आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

तमु समाज इजरायलको अध्यक्षमा खुशी घले गुरुङ निर्बिरोध निर्वाचित

परदेशी खबर ४ श्रावण २०७८, सोमबार १२:३६ मा प्रकाशित ( २ साल अघि) ६५१ पाठक संख्या

“प्ये म्हस्याँ छ्या म्हमु,छ्या म्हस्याँं ल्हु म्हमु,ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मानव अस्तित्व नै हराउछ” भन्ने मूल नाराका साथ तमू (गुरुङ) समुदायको मौलिक भाषा,भेषभुषा कला ,संस्कार ,संस्कृतिक र पहिचानलाई जगेर्ना गर्ने र प्रवासी भूमिमा रहेका (तमु) गुरुङहरुलाई एकता र जागरुग गराउने राख्ने उदेश्यले सन् २००६ मा स्थापित भएको तमू समाज इजरायलको नवौ अधिबेशन तेल अभिव स्थित लुमि पार्क रमतगानमा तमू समाज इजरायलका निवर्तमान अध्यक्ष ओम गुरुङको सभापतित्वमा र नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष मिङ्मार शेर्पाको प्रमुख आतिथ्यमा  भब्यताका साथ सम्पन्न भएको छ।

उक्त नवौं अधिवेशन बाट  खुशी घले गुरुङको अध्यक्षतामा २१ सदस्यीय निर्वाचित कार्यसमिती चयन गरेको छ । अध्यक्षमा खुशी घले गुरुङ ,प्रथम उपाध्यक्षमा नर माया गुरुङ ,दितिय उपाध्यक्षमा बिन्दु गुरुङ,तृतिय उपाध्यक्षमा दुर्गा गुरुङ चयन भएको छ।

त्यसैगरि महासचिवमा शान्ति गुरुङ,सचिवमा रेखा गुरुङ,सह-सचिवमा सुचित्रा गुरुङ,कोशाध्यक्षमा गायत्री गुरुङ,सह कोशाध्यक्षमा सोनी गुरुङ र महिला बिभाग प्रमुखमा पशुपति गुरुङ चयन भएको छ भने कार्यकारिणी सदस्यहरुमा  लिला गुरुङ,मनु गुरुङ,बिना गुरुङ,उषा गुरुङ,खुशी गुरुङ,मनश्री गुरुङ ,धना गुरुङ, प्रण्य गुरुङ,बिरेन गुरुङ,अञ्जली गुरुङ र तेज माया घले गुरुङ चयन भएका छ्न। 

अधिवेशन बाट संरक्षक समिति सदस्यहरुमा 

डिक कुमार गुरुङ ,डम्बर गुरुङ ,निर्मला गुरुङ ,आस माया गुरुङ चयन गरेको छ भने सल्लाहकार समितिमा प्रमुख सल्लाहकारमा ओम गुरुङ,सल्लाहकारमा हरि माया गुरुङ ,रित्ता घले गुरुङ र मिठु गुरुङ चयन गरेको छ।