एनआरएनएकुवेतमा अध्यक्षमा लामा निर्विरोध चयन, महासचिवमा पुन: पाख्रीन

परदेशी खबर / १७ जुलाई, कुवेत।  गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको २०२१ – २०२३ को कार्यकालको लागि उम्मेदवारी दिएका उम्मेदवारहरुको अन्तिम नामावाली प्रकाशित गरे सँगै नेतृत्व चयनमा निर्विरोध रुपमा अध्यक्ष रणद्वोज लामा र महासचिवमा निवर्तमान महासचिव रहेका मानबहादुर पाख्रीन निर्विरोध रुपमा चयन भएको छ।

मध्य पूर्वी देश कुवेतको आइसीसी सदस्यमा पहिलो पल्ट दुइ जना चयन भएको छ। निवर्तामान वरिष्ट उपाध्याक्ष हरि कुमार लावती र माधव पौडेल आइसीसी सदस्यमा चयन भएको छ। अध्यक्ष्य र महासचिव वाहेक उपाध्यक्ष टिका आचार्य, माधव शाही, उमेश पुडासैनी र महिला उपाध्यक्षमा अमृता वान्तावा सचिवमा जीवन कुमार विश्वकर्मा र मनिश केसी पनि निर्विरोध चयन भएको छ। कोषाध्यक्ष र सह कोषाध्यक्षमा क्रमश प्रेम प्रसाद गुरुङ र सोनाम लामा रहेको छ।

त्यस्तै एक जना रहने युवा संयोजकको लागि नवराज पराजुली र दामोदार बटालाले उम्मेद्वारी दिएको छ भने सह युवा संयोजकको लागि आङ्ग नुर्बु शेर्पा निर्विरोध रहेको छ। महिला संयोजक र सह संयोजकमा पनि रमिता योञ्जन सजिना गुरुङ क्रमश: चयन भएको छ। ११ जना निर्वाचित सदस्यमा १२ जना उम्मेद्वारीले नाम दर्ता गराएको निर्वाचन समितिले प्रकाशित अन्तिम नामावलीमा प्रकाशन गरेको छ।

गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको सुजन केसीको अध्यक्षतामा २०१९-२०२१ को कार्यकाल कोरोना महामारीको बाबजुत उल्लेख्य काम गरेको थियो। नेपालीको लागि नेपाली मूल नारालाई आत्मसात गर्दै कुवेतमा समस्यामा परेका नेपालीको श्रमिकको उद्वार र सहयोगको निम्ति विसम परिस्थितिमा पनि गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले अग्र स्थानमा रहेर काम गरेका थिए। कोरोना महामारी विरुद्ध लड्न नेपाल सिलिण्डर पठाउनको लागि सहयोग संकलनको साथै विभिन्न प्राकृतिक प्रकोपमा पनि गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले राम्रो भूमिका खेलेको थियो

 

No description available.

No description available.No description available.






Related Posts
  • तमू समाज युएईको १२ औं महाधिवेशन सम्पन्न,अध्यक्षमा नन्द जङ्ग गुरुङ सर्वसम्मत चयन
  • लक्ष्मी गिरि एनआरएनए बहराइनको अध्यक्षमा पुन: निर्वाचित
  • राणाद्वाज लामालाई अध्यक्षमा चयन गर्दै एनआरएनए कुवेतको सातौँ महाधिवेशन सम्पन्न
  • ओलम्पिकको टोकियोमा औपचारिक उद्घाटन ( फोटो फिचर)
  • पछिल्ला सम्प्रेसणहरु

    वैदेशिक रोजगारमा जाने कामदारलाई खोप दिन दुई अस्पताल तोकियो

    केपी ओलीको सिको गर्दै बालुवाटारमै बस्यो मन्त्रिपरिषद बैठक

    टुंगिदै जसपा विवाद: यादव समूहको पक्षमा वहुमत

    बिजनेष

    ह्याक गर्ने धम्कीपछि ब्याङ्किङ प्रणालीमा ‘उच्च सुरक्षा सतर्कता’

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस