विगुटार शेर्पा समाजको पहलमा संकलित आर्थिक सहयोग आगलागी पिडित शेर्पालाई हस्तान्तरण

May be an image of 8 people, including Ngima Sherpa, people standing and outdoors

परदेशी खबर / साउन २, ओखल्ढुङ्गा। विगुटार शेर्पा समाजको पहलमा संकलित आथिक सहयोग ओखलढुंगा जिल्ला सिद्धिचरण नगरपालिका ०७ विगुटार टक्सार निवासी आगलागी ५४ वर्षीय पेमडोमा शेर्पालाई हस्तान्तरण गरिएको छ।

२०७८ साल असार १६ गते राती घरमा विधुत सर्ट भएर आगलागी भएको थियो। १६ वर्ष अगाडिनै श्रीमान् बितिसकेको र छोरा हाल काठमाडौमा उपचार भैरहेको अवस्थामा घर आगलागी भई गरिबी माथी निम्त्याएको दु:खद विपदमा विगुटार शेर्पा समाज ओखलढुंगाद्वारा आफ्नो कोषबाट पन्ध्र हजार सहित सहयोगको अपिल गरेको थियो। हालसम्म संकलित ९४, ०८०। ( चौरानब्बे हजार असी रुपैयाँ मात्र ।) रकम पिडित पेमडोमा शेर्पालाई हस्तान्तरण गरिएको विगुटार शेर्पा समाजका सचिव ङ्गिमा शेर्पाले जानकारी दिए ।

स्थानीय तह संग हस्तान्तरणको लागि आवश्यक समन्वय गरि स्वीकृति बमोजिम सल्लाहकार आङ्तेन्जी शेर्पा लगायतको उपस्थितिमा सचीव ङिमा शेर्पा द्वारा पेमडोमा शेर्पालाई हस्तान्तरण गरिएको थियो ।

हाल सम्म सिद्धिचरण नगरपालिका लगायत ओखलढुंगाका अन्य पालिका, ओखलढुंगा लगायत अन्य बाहिरी जिल्ला देश तथा विदेशमा रहेर आर्थिक सहयोग गर्नु भएका सम्पुर्ण मनकारी सहयोगी दाताहरु प्रती यस विगुटार शेर्पा समाज ओखलढुंगा हार्दिक आभार धन्यवाद प्रकट गर्दै उहाँहरुको उज्ज्वल भविस्यको कामना गर्दै आगामी दिनहरुमा पनि यस्तै किसिमको अमुल्य सहयोगको अपेक्षा विगुटार शेर्पा समाजले राखेको छ।

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

 






Related Posts
  • तमू समाज युएईको १२ औं महाधिवेशन सम्पन्न,अध्यक्षमा नन्द जङ्ग गुरुङ सर्वसम्मत चयन
  • लक्ष्मी गिरि एनआरएनए बहराइनको अध्यक्षमा पुन: निर्वाचित
  • राणाद्वाज लामालाई अध्यक्षमा चयन गर्दै एनआरएनए कुवेतको सातौँ महाधिवेशन सम्पन्न
  • ओलम्पिकको टोकियोमा औपचारिक उद्घाटन ( फोटो फिचर)
  • पछिल्ला सम्प्रेसणहरु

    वैदेशिक रोजगारमा जाने कामदारलाई खोप दिन दुई अस्पताल तोकियो

    केपी ओलीको सिको गर्दै बालुवाटारमै बस्यो मन्त्रिपरिषद बैठक

    टुंगिदै जसपा विवाद: यादव समूहको पक्षमा वहुमत

    बिजनेष

    ह्याक गर्ने धम्कीपछि ब्याङ्किङ प्रणालीमा ‘उच्च सुरक्षा सतर्कता’

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस