आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

कतारमा क्वारेन्टाइनसम्बन्धि नयाँ नियम ,जुलाई १२ बाट लागु हुने

परदेशी खबर २६ असार २०७८, शनिबार १५:३८ मा प्रकाशित ( २ साल अघि) ६८५ पाठक संख्या

परदेशी खबर/ १० जुलाई। १२ जुलाई २०२१ बाट कतार आउने आप्रवासीको लागि क्वारेन्टाइन सम्बन्धि नयाँ नियम लागु गरेकोे छ । नयाँ नियम अनुसार कतारमा कोभिड विरुद्ध भ्याक्सिनको दुबै डोज लगाइसकेका सबैले कतार आउँदा होटेल वा होम क्वारेन्टाइन बस्नु नपर्ने भएको छ ।

साथै कतार सरकारबाट मान्यता प्राप्त फाइजर, मोर्डेना, जोन्सोन एन्ड जोन्सोन, एस्ट्राजेनिका नेपालमा लगाएको भएपनि क्वारेन्टाइन बस्नुपर्ने छैन। सानो बच्चा भएको परिवारले बाबु आमामध्ये कुनै एकजना सँगै यात्रा गर्दैछ र अभिभावकले कतारमा मान्य भ्याक्सिनको दुवै डोज लगाइसकेको भए बच्चा पनि भ्याक्सिनेट मानिने छ । पछिल्लो ९ महिनाको अन्तरालमा कसैलाई कोरोना संक्रमण भएको तर उसले कतारमा मान्यता प्राप्त खोपको एक डोज मात्रै लगाएको भएपनि होटेल क्वारेन्टाइन बस्नु नपर्ने भएको छ । तर कतारमा मान्यता प्राप्त नभएको खोपहरु सिनोफर्म, भेरोसेल, कोभिसिल्ड लगायतका म्याक्सिम लगाइसकेको खण्डमा १० दिन होटल क्वारेन्टाइन भने बस्नु पर्ने नियममा उल्लेख गरिएको छ ।

नेपाललाई भने कतारले हालसम्म पनि रेड जोनको सुची राखेको छ । अन्य ग्रीन जोनमा भएको मुलुकबाट कतार प्रवेश गर्न चाहेमा सोही मुलुकमा १० दिन होटेल क्वारेन्टाइन बसेर आएको प्रमाण पेश गरेमात्र कतार प्रवेशको अनुमति दिइने नयाँ व्यवस्था गरिएको छ। रेड जोनको सुचीमा रहेका मुलुकहरुबाट कतार आएपछि क्वारेन्टाइन बस्नु नपर्ने भएपनि कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा गरिने पिसिआर टेष्ट अनिवार्य गर्नुपर्ने बताएको छ । तर्रा ग्रिन र एल्लो जोनको सुचीमा रहेका देशहरूबाट जानेहरुको भने एयरपोर्टमा पि सि आर गर्नु पर्ने छैन । नेपालबाट कतार आउँदा १२ घण्टा अगाडि www.ehteraz.com.qa मा आफ्नो यात्रा विवरण अनिवार्य रजिस्टर गर्नुपर्ने छ ।

कतारको निम्ति भिजिट भिषा, फेमिली भिषा र बिजनेश भिषा पनि खुल्ला गरिने जनाइएको छ । क्वारेन्टाइन बस्नबाट बच्न सबै भिषा वाहकले कतारमा मान्यता भ्याक्सिनको दुबै डोज लिनु बुद्धिमानी हुने कतार विज्ञ एवं राष्ट्रिय मानव अधिकार समिति कतारमा कार्यरत प्रो। रमजान अली मियाँले बताए । कतारमा अमान्य भ्याक्सिनको एक अथवा दुवै डोज लगाएको र भ्याक्सिन लगाएको १४ दिन नबितेको अवस्थामा पनि कतारमा क्वारेन्टाइन बस्नुपर्ने छ । कतारमा मान्यताप्राप्त खोप नलगाएको भए ग्रीन जोनबाट ५ दिन एल्लो जोनबाट ७ दिन, रेड जोनबाट गएको भए १० दिन होटेल क्वारेन्टाइन बस्नु पर्नेछ।

कोभिड विरुद्दको भ्याक्सिन नलगाई कतार जाने ४ बर्ष देखि १७ वर्ष सम्मकाहरुले आफ्नो भ्याक्सिनेटेट अभिभावक मध्ये १ जना संगै होटेल क्वारेन्टाइनमा बस्नु पर्ने नियाम रहेको छ भने गर्भवती महिला, स्तनपान गराइ रहेकी आमा, ७५ वर्ष वा सोभन्दा बढी उमेरका भ्याक्सिन लगाएको १४ दिन नभएका मानिसहरुले भने ५ दिन होम क्वारेन्टाइन बस्नु पर्ने जनाइएको छ।

यी व्यक्तिहरु येलो जोनको सुचीमा भएको देशबाट कतार प्रवेश गरेमा ७ दिन होटल क्वारेन्टाइन बस्नु पर्नेछ। रेड जोनको सुचीमा भएको देशबाट कतार आएको भए पनि १० दिन नै होटेल क्वारेन्टाइन बस्नु पर्नेछ।कतार प्रवेश गर्दा सबै यात्रुले ७२ घण्टा अगाडिको पिसिआर रिपोर्ट भने सबैको लागि अनिवार्य नै रहेको बताएको छ।