कोरोना महामारीका कारण आन्तरिक हवाई उडानमा लागू गरिएको कोटा प्रणाली हट्दै


काठमाण्डौ, २२ असार। कोरोना महामारीका कारण आन्तरिक हवाई उडानमा लागू गरिएको कोटा प्रणाली भोलिबाट हट्ने भएको छ। बुधबारबाट लागउने हुने गरि सरकारले कम्पनीहरुले मागेजति उडान भर्न अनुमति दिने निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणका अनुसार आन्तरिक हवाई सेवामा मागअनुसार नै उडान भर्न दिने निर्णय गरिएको हो।
अहिले कोटा प्रणालीमा दैनिक ६० देखि ६५ वटासम्म उडान भइरहेका थिए। अब दैनिक १०० को हाराहारीमा उडान हुने छन्।

सरकारले असार १७ गतेबाट ५० प्रतिशत क्षमतामा आन्तरिक उडान खुलाएको थियो। यात्रुको चाप बढेको र संक्रमण पनि घटेको भन्दै पूर्ण क्षमतामा एयरलाइन्स कम्पनीहरूले उडान गर्न मागे सरकारले अनुमति दिने निर्णय गरिएको बताइएको छ।






Related Posts
  • तमू समाज युएईको १२ औं महाधिवेशन सम्पन्न,अध्यक्षमा नन्द जङ्ग गुरुङ सर्वसम्मत चयन
  • लक्ष्मी गिरि एनआरएनए बहराइनको अध्यक्षमा पुन: निर्वाचित
  • राणाद्वाज लामालाई अध्यक्षमा चयन गर्दै एनआरएनए कुवेतको सातौँ महाधिवेशन सम्पन्न
  • ओलम्पिकको टोकियोमा औपचारिक उद्घाटन ( फोटो फिचर)
  • पछिल्ला सम्प्रेसणहरु

    वैदेशिक रोजगारमा जाने कामदारलाई खोप दिन दुई अस्पताल तोकियो

    केपी ओलीको सिको गर्दै बालुवाटारमै बस्यो मन्त्रिपरिषद बैठक

    टुंगिदै जसपा विवाद: यादव समूहको पक्षमा वहुमत

    बिजनेष

    ह्याक गर्ने धम्कीपछि ब्याङ्किङ प्रणालीमा ‘उच्च सुरक्षा सतर्कता’

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस