प्रधानमन्त्री ओलीले गरे तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन

काठमाडौं, २१ असार / प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको स्विच थिचेर भर्चुअल उद्घाटन गरेको छ

प्रधानमन्त्री ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणमा भएको ढिलाईले राष्ट्रलाई नै असाधारण क्षति पुर्याएको बताएका छन् । यसप्रति उनले दुःख व्यक्त गरे । प्रधानमन्त्री ओलीले स्वदेशी पुँजीमा निर्माण गरिएको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको स्विच थिचेर भर्चुअल उद्घाटन गर्दै आयोजना निर्माणमा ढिलाई हुँदा ठूलो घाटा परेको बताएका हुन् ।

उनले विभिन्न कारणले आयोजना निर्माण कार्य विलम्ब भएकाले निर्माण अवधिको ब्याज १४ अर्ब लाग्ने अनुमान गरिएकोमा थप १८ अर्ब बढेर ३२ अर्ब पुगेको बताए । नेपालीहरूकै लागतमा आयोजना बनेको भन्दै यो धेरै खुसी कुरा भएको उनको भनाइ छ । विकास सबैको साझा आवश्यकता भएको बताउँदै प्रधानमन्त्री ओलीले उपलब्धि पनि सबैको भएको बताए । उनले माथिल्लो तामाकोशीबाट उत्पादित विद्युत् ढल्केबर सवस्टेशनबाट देशका विभिन्न भागमा वितरण गरिने जानकारी दिए ।
४ सय ५६ मेगावाटको यो आयोजनाबाट सोमबार पहिलो युनिटबाट विद्युत् उत्पादन भएको हो । आयोजनाको करिब ८४ अर्ब रुपैयाँ लगानी लागेको प्रारम्भिक अनुमान छ । यसमा ५२ अर्ब खर्च र बाँकी ३२ अर्ब निर्माण अवधिको ब्याज पुगेको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजना निर्माण कार्य ढिलाइ हुँदा धेरै क्षति हुने उल्लेख गर्दै समयमै निर्माण सम्पन्न गर्न सबैले ध्यान दिनुपर्ने बताए । त्यस्तै उहाले मुलुकको बिकासमा सरकार तीव्रतर ढंगले अघि बढेको जिकिर गरे । कार्यक्रममा उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री विष्णु पौडेलले नेपाली पुँजीमा निर्मित माथिल्लो तामाकोशी आयोजनाको विशिष्ट महत्त्व भएको उल्लेख गर्दै नेपालमा अब कहिल्यै पनि लोडसेडिङ नहुने बताए ।






Related Posts
  • तमू समाज युएईको १२ औं महाधिवेशन सम्पन्न,अध्यक्षमा नन्द जङ्ग गुरुङ सर्वसम्मत चयन
  • लक्ष्मी गिरि एनआरएनए बहराइनको अध्यक्षमा पुन: निर्वाचित
  • राणाद्वाज लामालाई अध्यक्षमा चयन गर्दै एनआरएनए कुवेतको सातौँ महाधिवेशन सम्पन्न
  • ओलम्पिकको टोकियोमा औपचारिक उद्घाटन ( फोटो फिचर)
  • पछिल्ला सम्प्रेसणहरु

    वैदेशिक रोजगारमा जाने कामदारलाई खोप दिन दुई अस्पताल तोकियो

    केपी ओलीको सिको गर्दै बालुवाटारमै बस्यो मन्त्रिपरिषद बैठक

    टुंगिदै जसपा विवाद: यादव समूहको पक्षमा वहुमत

    बिजनेष

    ह्याक गर्ने धम्कीपछि ब्याङ्किङ प्रणालीमा ‘उच्च सुरक्षा सतर्कता’

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस