आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

एमाले वार्ता सौहर्द र सकारात्मक, भोलि १.०० बजे पुन : बस्ने

परदेशी खबर २१ असार २०७८, सोमबार २२:४२ मा प्रकाशित ( २ साल अघि) ३५३ पाठक संख्या

काठमाडौं,२१ असार / नेकपा एमाले भित्रकाे अन्तरविरोध समाधान गर्न सक्रिय कार्यदलको आजको बैठक सम्पन्न भएको छ । साथै वार्ता सकारात्मक र सौहार्दपूर्ण रहेको बताइएको छ । माधवकुमार नेपाल पक्षका कार्यदल सदस्य गोकर्ण विष्टले वार्ता पछि पत्रकारहरूसँग भन्नुभयो, ‘एक आपसमा अत्यन्तै सकारात्मक ढङ्गले सौहार्द वातावरणमा वार्ता भयो र हामी आशावादी बन्ने अबस्था बनेको छ ।’

उहाँले पार्टी कार्यकर्ता र आम जनताको चहाना एमाले पार्टी एकता टुटनु हुँदैन भन्ने भएकाले पर्टी भित्रका असहमति बारे छलफल गरेर निकास खोज्ने र त्यही अनुसार छलफल अगाडि बढाउने बारे विषयवस्तु अगाडि बढेको बताउनुभयो ।

आजको बैठकमा यस अघि भएका अनौपचारिक औपचारिक छलफलका विषयहरु रिपोटिङ्ग हुनुका साथै सहमतिको बातावरण कसरी बनाउँन सकिन्छ भन्नेमा सकारात्मक रुपमा केन्द्रित बनेको विष्टको दावी छ ।

यसै गरी वार्तामा माधव नेपाल पक्षका तर्फबाट सहभागी रघुजी पन्तले वार्ता सकारात्मक रहेको र भोलि पुनः १ बजे बस्ने तय भएको बताउनुभयो । त्यस्तै नेपाल पक्षीय नेता भीम रावलले बैठक नियमित रुपमा अघि बढाउने निर्णय गरेको बताउनुभयाे । उहाँले आज कुनै विषयमा प्रवेश नगरेको र एमालेका आन्तरिक समस्याका बारेमा गम्भीर छलफल गरे जाने तय गरेको बताउनुभयो । नेपाल घटना बाट लिएको समाचार