हाम्रो NRNA होइन,राम्रो NRNA बनाउने जिम्मा भावी नेतृत्वको काधमा आएको छ-जयनारायण थारु

जयनारायण थारु

प्रवासमा रहेका प्रवासी नेपालीहरु लाई एकताबद्ध गरेर एउटै छातामुनि ल्याउने उद्धेश्य सहित- ११-October,२००३ गैर आवशिय नेपाली संघ (Non-Resident Nepali Association – NRNA) को स्थापना भयो, आफ्नो छोटो स्थपना काल मै विश्वको तेस्रो र दोस्रो मुलुकमा पनि सङठन बिस्तार गर्दै प्रवासमा हरेका नेपाली दाजुभाइ तथा दिदी बहिनिलाई सङ्ठित गर्न आफ्ना शाखाहरु स्थापना गर्न सफल भए ,त्यहीँ शाखाहरु स्थापना गर्ने दौरानमा कुवेतमा पनि नेपाली दाजुभाई दिदी बहिनी एकजुट हुनुपर्छ आभास खड्किरहेका बेलामा कुवेतका चिर परिचित ब्यक्तीत्व, बुद्धिजीवी,समाजसेवी, पत्रकार लगायतको अभियानमा गैर आवसिय नेपाली सङ्घको स्थापना २००९ मा भयो,एन आर एन ए कुवेत स्थापना त्यतिखेर भयो जति खेर नेपालको कुवेतमा कुटनैतिक नियोग ( नेपाली राजदुतावास ) को स्थापना भैइसकेको थिएन,जुन कुवेत भित्र रहेका प्रवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई एकताको सुत्रमा बाधिने पहिलो सस्था स्थापना भएको थियो, बिशुद्ध समाज कल्याण कार्यकी लागि, त्यही सङ्गठनको भावी नेतृत्व ( जिम्मेवार ) २०१२ देखि २०२३ सम्मको लागि यहीँ जुलाई २३ तारिखमा अधिवेशन हुदैछ! यो महाज्ञगमा धेरै मानिसहरु प्रत्यासीको रुपमा अगाडि देखिएको छ, प्रत्यासिहरु आफ्नो आफ्नो जोडबलले आफ्नो पक्षमा अभिमत देखाउनको लागि पन्जिकृत सदस्य बनाउन होमिए,जस अन्तर्गत कुवेतमा NRNA को अहिले सम्ममा सबै भन्दा बढी पन्जिकृत बनेको छ!

अहिले कोभिड-19 कारण प्राय: देशको आर्थिक अवस्था धरासायी बन्दै गएका छन,रोजगारीका अवसरहरु गुमिरहेका अवस्था छन,प्रसावमा बसेर सानो तिनो ब्यापार ब्यवसाय गर्नेहरु धरापमा परि सकेको अवस्था छ, रोजगारदाता कम्पनीहरुले कामदार कटौती गर्ने स्थितिमा पुगेका छन,कामदारको सेवा सुविधामा समेत कटौती गर्न थालेका छन ! यी विविध समस्याहरु सङ्ठित क्षेत्रमा प्रतेक्ष रुपमा परेका छन भने, अर्को रोजगारिको ठुलो हिस्सा असङ्ठित क्षेत्रमा पनि छन – जस अन्तर्गत डेमोस्टिक कामदार तथा घरेलुु कामदार हरु पर्दछन,जस अन्तर्गत हजारौंको सङ्ख्यामा पिडित कामदार पिडा छन, कोहिलाई उद्धारको आवस्यकता छन भने कोहि कोहिको रोजगारदाता राम्रो नभएर ज्यानको बाजि लगाएर काम गर्नु पर्ने अवस्था छ,त्यसैमा नेपाल सरकारले घरेलु कामदार लाई कुवेतमा आउन बन्द गरेको अवस्थामा चोर बाटोहरु बाट दिन प्रतिदिन भित्रीन र भित्र्याउन सफल भैइरहेका छन, रोजगारिको शिलसिलामा सयौं सङ्ख्यामा जटिल बिरामी भएर हस्पिटलमा छन,मृत्यु सङ्ग जुद्धिरहेको अवस्था छन भने तिनीहरुको स्वास्थ उपचार देखि घर फिर्तिमा जटिलताहरु धेरै छन,
कुवेतमा नेपालीहरुको शाख दिनप्रतिदिन गुमिरहेका अवस्था छन, कुवेत सरकारको कानुन भन्दा पर गएर हाम्रो नेपाली दाजुभाइहरु अनैतिक क्रियाकलाप गर्ने कार्य उच्चदरमा बढिरहेका अवस्था छ, यी कुराहरुलाई समाधान गर्दै नेपाली हरु सहि र सज्जन हुन्छन भन्ने कुराको बोध गराउन यहाँ सङ्घ सस्था सङ्ग र नेपाली कुटनैतिक नियोग सङ्ग सम्धुर सम्बन्ध गरेर अगाडि बढ्ने जिम्मेवारी आईपरेका छन भावी नेतृत्व लाई, आफ्नो औचित्य समाप्त हुन नदिन राम्रो भिजन, राम्रो कार्यदिशा बढाएर अगाडि बढ्ने अवस्थाको सृजना गर्न जरुरी देखेको छु ! यसो भनि रहदा यहाँको समाजलाई सहि दिशा निर्देश सहित उथलपुथल गराएर सहि कार्यको ज्वारभाटावाट उठाउन जरुरी देखेको छु यदि यसो नहुने हो भने हामि प्रवासी नेपाली कुवेतबासी दाजुभाइ दिदिबहिनीहरु किस्ताबन्दीमा असफल, नराम्रो बन्ने र बनिने अवस्था आउँछ ! त्यसैले टाउकोमा लगाउने औषधि नाईटोमा लगाएर समस्याको समाधान हुन्न ! समस्या कहाँ नीर छ त्यसको जडमा पुरेर शल्यक्रिया गरेर फाल्नु जरुरी छ!
covid-19 ले गर्दा घरदेश तथा प्रदेशमा पीडा छन,यस अवस्थामा हामी सम्पुर्ण सङ्घ सस्था एक बनाउन जरुरी छ, यहाँका सम्पुर्ण सङ्घ सस्था एउटै मालामा जोड्ने नेतृत्व चाहिन्छ,त्यसैले गैर आवसिय नेपाली सङ्घ एउटा बिशुद्ध समाजिक कल्याणमा लाग्ने सस्था हो,यसको नेतृत्व लिन राम्रो भिजन र कार्यदिशा दिने नेतृत्व चाहिएको छ वर्तमान वस्थामा, हामिले एउटा कुरा बुझ्नु पर्छ – इतिहासको बिकासको नियम पानीको छाल झै उतार चढाव भएर अगाडि बढ्छ,त्यसरी नै हरेक उतार-चढावका वापजुद 2009 देखि अहिले सम्म गैर आवसिय नेपाली सङ्घ चल्यो कतिपय: कार्यकाल असफल रहयो भने कतिपय: कार्यकाल मध्यम भने कतिपय: कार्यकाल सफल रहयो तर ती सबै उतार-चढावलाई पार गर्न अब २०२१- २०२३ को नेतृत्वमा नयाँ जोस जागर भिजन भएको य अनुहारको नेतृत्व आउन जरुरि छ !

एकता बिना हाम्रो शक्ति `शक्तिशाली´मा परिवर्तन हुँदैनन!जबसम्म शक्तीलाई उचित तरिकाले प्रयिग गर्न सक्दैनौं,तबसम्म प्रवास रहेर प्रवासिको हकहितको लागि नाटक र नौटङ्की देखन पाईरहन्छौ,एकता नै बल हो!सहि सदुपयोग गरौं!एन आर एन ए (२०२१देखि २०२३) सम्मको कार्यकालमा धनवाद,डनवाद होइन! साच्चिकै सज्जनवाद र भिजनवादको आवश्यकता छ!अबको आवश्यकता हाम्रोलाई होइन,राम्रोलाई रोजौ/

 






Related Posts
  • तमू समाज युएईको १२ औं महाधिवेशन सम्पन्न,अध्यक्षमा नन्द जङ्ग गुरुङ सर्वसम्मत चयन
  • लक्ष्मी गिरि एनआरएनए बहराइनको अध्यक्षमा पुन: निर्वाचित
  • राणाद्वाज लामालाई अध्यक्षमा चयन गर्दै एनआरएनए कुवेतको सातौँ महाधिवेशन सम्पन्न
  • ओलम्पिकको टोकियोमा औपचारिक उद्घाटन ( फोटो फिचर)
  • पछिल्ला सम्प्रेसणहरु

    वैदेशिक रोजगारमा जाने कामदारलाई खोप दिन दुई अस्पताल तोकियो

    केपी ओलीको सिको गर्दै बालुवाटारमै बस्यो मन्त्रिपरिषद बैठक

    टुंगिदै जसपा विवाद: यादव समूहको पक्षमा वहुमत

    बिजनेष

    ह्याक गर्ने धम्कीपछि ब्याङ्किङ प्रणालीमा ‘उच्च सुरक्षा सतर्कता’

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस