कुवेत प्रवेश गर्न यी खोपहरु नपाए कसरी आउँलान ? के गर्लान सरोकार निकाय ? – राम बस्नेत

राम बस्नेत

जून २७, कुवेत ।

अहिले सम्म प्राप्त समाचार अनुसार यी उल्लेखीत कोरोना खोप लगाएको आधिकारीक भ्याकसीनको प्रमाणपत्र नलिए सम्म घरविदामा गएका नेपालीहरु, नयाँ रोजगारको लागि कुवेत आउन चाहने नेपालीहरु, कुवेत भ्रमणमा आउने नेपालीहरुले कुवैत प्रवेश पाउने छैनन ।

कुवैत सरकार बाट मान्यता प्राप्त कोरोना भ्याकसिनको नामहरु
१-मोडना
२-जोनसोन एन्ड जोनसोन
३-अक्स्फोर्ड अस्ट्राजेनिका
४-पी फाइजर

यी माथी उल्लेखित भ्याकसिनहरु नेपालमा नभएका कारण अरब राष्ट्रमा मात्र लाखौं नेपालीहरुले जागीर गुमाउने खतरा बढेको छ ! यद्दपी विदेशिहरु तथा घरविदामा गएका नेपालीहरुको लागी कुवैत सरकारको मान्यता प्राप्त गरेका भ्याकसिन लगायकाहरु मात्र कुवेत प्रवेस पाउने छन! यो समस्या कुवैतमा बस्ने नेपालीहरुको लागी मात्र न भएर अरब राष्ट्रहरु तथा अन्यमुलुकमा बस्ने नेपालीहरुको लागी यो समस्या निकै जटिल बन्दै गयको छ !

सिघ्र ढिला न गरीकन दुतावासहरु, विश्व NRNA, नेपाल सरकारले छिटै नेपालमा प्रचलीत कोरोना भ्याकसिनहरु लाइ छिटै अन्तरास्टिय मापदन्ड अनुसार बिस्वका सबै मुलुकमा भयाक्सिन लागाइसकेका नेपालीहरुले प्रवेस पाउने निति लियोस ! अन्यथा बिस्वभरी बाट लाखौ नेपालीहरुले जागीर गुमाउने छन ! नेपालको अर्थतन्त्र धरासायि बन्ने खत्रा बडेको छ ! खतरा को आलारम घन्टि बजिसक्यो !

# कुवैत देखि कुवैत नोकरी गर्ने नेपालीहरु र बिस्वभरी नोकरी गर्ने नेपालीहरुको माहोललाइ मध्यनजर गरेर सार्वजनीक रुपमा अपील गर्दै नेपाल सरकार को कानमा यो सम्बेदनसिल खबर पुगोस भनेर यो स्टाटस खबर पोस्ट गरेको छु )

#कुवैत बिसेस खबर

कुवैत का नेपाली समुदाय, दुतावास, सरोकारवाला, मिडिया हाउस, समाजसेवी, नागरीक अगुवा, ब्यब्सायीहरु र अभियान्ताहरु सबै एकजुट र एकआवज सहीत नेपाल सरकार लाइ दवाव दिने समय आयको छ ! नेपालले अझै आमसिक लक्डाउन खेपी राखेको छ ! कोभिड-१९ को सर्तहरु पुरा गरेर मुलक जान चाहेका नेपालीहरु हवाइमार्ग मार्फत कुवैत देखी नेपाल जान पाउने भयकाछन ! June-27,2021 देखि कुवैत मा आधिकारीक रुपमा खोप लगाइ सकेका सर्व साधारण हरुले मात्र मल भित्र रेस्टुरेन्ट,दोकान, क्याफे जिमहल मा इन्ट्री पाउने समाचार सन्जाल मा पडियो ! यद्दपी कोरोना खोप नलगाइ सकेका सर्वसाधारणहरुले भने ६००० वर्गमिटर/ ६० मिटर भन्दा ठुला भवनहरु भित्र काम गर्न र घुमफिर किनमेल को लागी सर्वसाधारण ले इन्ट्री पाउने छैनन !

घर बिदामा मुलुक गयका नेपालीहरु कुवैत जागीर फिर्तिको लागी कुवैत सरकारले तोकेको आधीकारीक खोप लगायकाहरुले मात्र कुवैत फिर्तिको लागी अनुमती पाउने निति कुवैत सरकार ले लियको छ ! यद्दपी कुवैत सरकारले तोकियको खोप भने नेपाल मा अझै उपलब्ध भयो वा भा छैन सर्वसाधरणहरुले थाह पाउन बाकिनै छ ! यदि कुवैत सरकार बाट मान्यता प्राप्त खोपहरु नेपालमा छैनन भने, नेपाल सरकार ले मान्यता प्राप्त गरेका उपलब्ध खोपहरु लगाइ सकेका नेपालीहरुको लागी कुवैतको स्वास्थ्य मन्त्रालय बाट छिटै समन्वय गरी ..कुवैत प्रवेस गर्ने वातावरण छिटै तयार गरी दियोस ! अन्यमुलुकहरुमा यहि योजना बनाइ अघि बडोस नेपाल सरकार !!

सरकार र कुटनितिज्ञ निकायहरु ले बिस्व NRNA समुदायहरु सङ्ग छलफल गरी काम देखाउने मौका यहि हो ! मुलायान्कन गरीने छ, जनताको सेवासीको पात्र बन्ने अवसर यहि हो !

यो जिम्मेवारी नेपाल सरकारको हो ! दुतावास र NRNA ले यस विषय लाइ गहन रुपमा लियोस !!

राम बस्नेत
नागरीक सचेतक कुवेत






Related Posts
  • अवैध रुपमा नेपाल छिरेका ११ जना अफगान नागरिक पक्राउ
  • नमस्ते रेष्टुरेन्ट खेलकुदको आयोजना तथा BEC र सिटि एक्सप्रेस भलिबल प्रतियोगिताको उपाधि KSAB अवासियालाई
  • श्रीलंका हुँदै कुवेत कसरी पुगे १ सय ६१ नेपाली महिला ?
  • ११७ पुग्यो बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या , ३४ जनाको अवस्था अझै अज्ञात
  • पछिल्ला सम्प्रेसणहरु

    गधाको दूधको पनिर सबैभन्दा महँगो !

    अवैध रुपमा नेपाल छिरेका ११ जना अफगान नागरिक पक्राउ

    प्रत्येक नेपालीलाई ५७ हजार ऋणको बोझ

    बिजनेष

    असोज २० मा मुख्यमन्त्री राउतले विश्वासको मत लिने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस