आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024
FLASH NEWS

खोटाङ सेवा समाज यूकेले खोटाङलाई ११ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलव्ध

परदेशी खबर २७ जेष्ठ २०७८, बिहीबार २३:५२ मा प्रकाशित ( २ साल अघि) ५१२ पाठक संख्या

परदेशी खबर/जुन १०, खोटाङ जेठ २६, खोटाङ सेवा समाज यूकेले खोटाङलाई कोभिड१९ कोरोकथाम तथा न्यूनीकरणका क्रममा उपयोग हुने ११ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलव्धगराएको

कोभिड१९ को संक्रमणबाट बाँच्न बचाउनका लागि खोटाङ सेवा समाज यूकेले  जिल्लालाईअक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, बिआइपिएपी, मास्क लगायतका ११ लाख ४६ हजार २००रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खोटाङ सेवा समाजले उपलव्ध गराएको हो

यूकेमा सञ्चालन गरिएकोअक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔंअभियान अन्तरगतजुटाइएको रकमबाट खरिद गरिएको स्वास्थ्य सामग्री खोटाङ सेवा समाज यूकेका विशिष्ट संरक्षकसदस्य एवं संस्थापक रविप्रकाश राई वर्तमान सदस्य जानुका राईले स्वास्थ्य कार्यालय खोटाङकाप्रमुख पुण्यप्रसाद सिग्देललाई हस्तान्तरण गरेका छन्

आफ्नो जन्म्भूमीमा बसिरहेका नागरिकलाई संक्रमणका कारण अकालमा ज्यान गुमाउनबाट बचाउनेलक्ष्यका साथ खोटाङ सेवा समाज यूकेले प्राणघातक रोग कोभिड विरुद्ध यूकेमा अभियान सञ्चालनगरेको विशिष्ट संरक्षक सदस्य एवं संस्थापक रविप्रकाश राईले बताए

खोटाङ सेवा समाज यूकेले गाँस काटेर जुटाएको रकमबाट खरिद गरिएको स्वास्थ्य सामग्रीजिल्लाका १० स्थानीय तह जिल्ला अस्पतालमा पुग्नेगरी पठाइदिएको हो दोश्रो चरणमा स्थानीयतह जिल्ला अस्पतालको आवश्यकताको आधारमा थप स्वास्थ्य सामग्री पठाइने खोटाङ सेवासमाज यूकेका सदस्य जानुका राईले बताईन्

कोभिड१९ को संक्रमण भएको अवस्थामा अक्सिजनको अभाव हुँदा कतिपय संक्रमितको अकालमामृत्यु भएको खबर सार्वजनिक भइरहेको बेला खोटाङ सेवा समाज यूकेलेअक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔंअभियान संस्थाको अध्यक्ष डा प्रमोद राईको सम्योजकतामा थालेकोथियो

गाँस काटेर जिल्लावासीका लागि लाखौंको स्वास्थ्य सामग्री प्रदान गरेकामा प्रमुख जिल्ला अधिकारीमित्रलाल शर्माले खोटाङ सेवा समाज यूके परिवारलाई धन्यवाद ज्ञापन गरेका छन् स्वास्थ्य सामग्रीहस्तान्तरण कार्यक्रममा राजनैतिक दलका प्रमुख, जनप्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेकोथियो

खोटाङको सामाजिक मानवीय हितका क्षेत्रमा सहयोग गर्दै आएको खोटाङ सेवा समाज यूकेले२०७३ साल चैत्र २६ गते खोटाङलाई एकैसाथ वटा एम्बूलेन्स हस्तान्तरण गरेको थियो त्यो भन्दाअघि पनि समाजले जिल्ला अस्पताललाई एक थान अल्ट्रा साउन्ड मेसिन प्रदान गरेको थियो