स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति : काठमाडौंसहित १४ ठाउँमा जग्गा, २२ तोला सुन

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले सार्वजनिक गरेको विवरणमा उनी र उनकी श्रीमती उषाकला राईको नाममा सिन्धुपाल्चोक र मोरङका विभिन्न १४ स्थानमा जग्गा रहेको उल्लेख छ।

मन्त्री तामाङले मन्त्रालयको वेवसाइटमा आफ्नो र श्रीमती उषाकला राईको सम्पत्ति विवरण सार्वजनिक गरेका  छन्।  यही जेठ २१ गते विस्तार गरिएको मन्त्रिमण्डलमा स्वास्थ्यमन्त्रीमा नियुक्त तामाङले सार्वजनिक गरेको सम्पत्तिविवरण अनुसार तामाङ दम्पतीका सिन्धुपाल्चोक र मोरङका विभिन्न १४ स्थानमा जग्गा रहेको उल्लेख छ ।

तामाङको नाममा अंशवापत प्राप्त पैतृक जग्गा तीन र श्रीमती राईका नाममा ११ ठाउँमा छ । उषाकला राईको नाममा गोकर्णेश्वर नगरपालिका  ८ मा तीन आना जग्गामा बनेको अढाइतले घर छ ।  यस्तै मन्त्री तामाङसँग २२ तोला सुन रहेको उल्लेख  छ । उनका अनुसार सुन पुख्र्यौली र खरीद गरिएको दुवैथरि भएको सम्पति हो।

यसैगरी, मन्त्री तामाङले आफूसँग ३ वटा मोबाइल र २ वटा ल्यापटप भएको उल्लेख गरेका छन्।  यसैगरी तामाङको नाममा एउटा मोटरसाइकल र उषाकला राईको नाममा एउटा कार रहेको सम्पति विवरणमा उल्लेख छ। यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।  

                                                                                                                      






Related Posts
  • अमेरिका बस्ने नेपालीले स्वास्थ्य चौकीलाई पठाए स्वास्थ्य सामग्री
  • भोजपुरका प्रशन राईको कुवेतमा बिल्डिङबाट खसेर मृत्‍यु
  • कांग्रेस महाधिवेशन भदौ १६ बाट
  • कृष्णचन्द्र नेपाली गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त
  • पछिल्ला सम्प्रेसणहरु

    अमेरिका बस्ने नेपालीले स्वास्थ्य चौकीलाई पठाए स्वास्थ्य सामग्री

    भोजपुरका प्रशन राईको कुवेतमा बिल्डिङबाट खसेर मृत्‍यु

    मेचीकाली सामुहिक बचत कोषद्वारा आगलागी पीडित शान्ति राईलाइ रू. ७४ हजार भन्दा बढि सहयोग

    बिजनेष

    अलमुजैनीको रमादान प्रमोशनमा चौथो चरणको भाग्यशाली विजेताको नामावली सार्वजनिक

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस